ताजा अपडेट »

तिनाउको झुम्सामा टिपरको ठक्करबाट बुटवल आउँदै गरेका एक युवाको मृत्यु

सोमबार, २५ बैशाख २०८०, २१ : ५४
22 Shares
सोमबार, २५ बैशाख २०८०
22 Shares

बुटवल । पाल्पाको तिनाउ-३ झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बीरन्द्र थापाले बताए ।

गुल्मीको छत्रकोट गाउँपालिका-३, हर्दिनेटाका पन्तले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि घाइते भएका थिए । प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।