ताजा अपडेट »

कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा

आइतबार, १९ चैत्र २०७९, १४ : १४
40 Shares

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनका बेला अनुशासन उल्लंघन गरेको भन्दै नेतामाथि गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचनका बेला बागी उम्मेदवारी दिएकाहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । बैठकले तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका गोविन्दराज जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका विकास कोइरालाको कारबाही फुकुवा गरेको हो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।