ताजा अपडेट »

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु

सोमबार, १३ चैत्र २०७९, १० : ४७
36 Shares

मोरङ । कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा धनपालथान गाउँपालिका ७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हाे मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उपचारकै क्रममा विराटनगरस्थित कोशी अस्पतालमा उनको मृत्यु भएको हो । तीव्र गतिका कारण र्आतवार राती मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।