२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

काठमाडौँ। कम्प्युटर एसोसिएसन नेपाल(क्यान) महासङ्घका निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

यही चैत्र २८ र २९ गते सम्पन्न हुन गइरहेको एफएनसीसीआईको निर्वाचनमा क्यान महासङ्घको तर्फबाट निवर्तमान अध्यक्ष कुँवरले १२३ वस्तुगत सङ्घहरूको तर्फबाट केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन्।

नेपाललाई प्रविधिको पहुँच र प्रयोगमार्फत डिजिटल विकासको दिशामा लैजान कार्यान्वयनमा ल्याइएको डिजिटल नेपाल फ्रेम वर्क र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ जस्ता नीति तथा कार्यक्रमको कार्यान्वयनमा सरकारलाई सघाउन । र, सो क्रममा निजी क्षेत्रका व्यवसायको हित सुनिश्चित हुने गरी नीति कार्यान्वयन गर्न सम्बन्धित निकायलाई घच्घच्याउन कुँवरको उम्मेदवारी रहेको क्यान महासङ्घले जनाएको छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघले निर्माण गरेको र नेपाल सरकारले इन्डोर्स गरेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सूचना प्रविधिको प्रयोगलाई अझ घनीभूत बनाउन संस्थाको तर्फबाट कार्यसमिती सदस्यमा कुँवरलाई अगाडि सारेको क्यान महासंघको भनाइ छ ।

महासङ्घले सूचना प्रविधि तथा सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित तथा प्रवर्द्धन गर्नका साथै प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घमा हाल भएको संरचनालाई अझ प्रभावकारी बनाउनका लागि सूचना गेटवे निर्माण गर्न र सञ्चालन गर्न कुँवरलाई उम्मेदवार बनाएको जनाएको छ ।

विशेष गरी नेपाल उद्योग वाणिज्य महासङ्घमा क्यान महासङ्घको उम्मेदवारी यस कारण रहेको छ :
 आइसिटी कुनै व्यवसाय वा सुविधा होइन, यो त आधुनिक विकासको पूर्वाधार हो जसको जगमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, उद्योग व्यवसाय, सम्बन्ध र ज्ञान उभिएका छन् । यही अत्यावश्यक सेवाको जगमा सबै उद्यम र व्यवसाय फस्टाएका छन् । यसर्थ यसको विकास, विस्तार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउनका लागि सरकारसँग सहकार्य गर्न ।

 डिजिटल साक्षरता बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, धितो पत्र बोर्डलगायत अन्य पेमेन्ट भेण्डर तथा अनलाइन व्यवसायसँग समन्वय र सहकार्य गर्न ।

 नेपालमा मोबाइल सेवा तथा इन्टरनेट सब्स्क्राइब गर्नेको सङ्ख्या मुलुकको कुल जनसङ्ख्याको अनुपातमा क्रमशः २७ र ३१ प्रतिशतले बढी भए पनि त्यसको व्यावसायिक विकास भने हुन सकेको छैन । यस्तो अवस्थामा त्यसको प्रभावकारी विकास र प्रयोगका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, सरकार र सम्बन्धित क्षेत्रका नियामक र उद्योग व्यवसायसँग समन्वय र सहकार्य गर्न ।

 अत्यधिक करका कारण नेपालको इन्टरनेट सेवा दक्षिण एसियामै महँगो बनेको छ । त्यसैले सूचना तथा सञ्चार प्रविधि नीति २०७२ मा उल्लेख गरे अनुसार सूचना तथा सञ्चारलाई सबैको पहुँचयुक्त र क्रयशक्ति योग्य बनाउन । सूचना तथा सञ्चार प्रविधिमार्फत दिगो, फराकिलो तथा समावेशी आर्थिक एवम् सामाजिक विकासमा योगदान दिन ।

 आइसिटी सेवा तथा व्यवसायलाई सम्बोधन गर्ने गरी डिजिटल साक्षरता बढाउन, त्यसमा सरकारलाई परामर्श दिन एवम् सो कार्यमा नेपाल उद्योग वाणिज्य महासङ्घको सहभागितालाई अझ प्रभावकारी र नतिजामूलक बनाउन ।

 नेपाललाई प्रविधिको पहुँच र प्रयोगमार्फत डिजिटल विकासको दिशामा लैजान कार्यान्वयनमा ल्याइएको डिजिटल नेपाल फ्रेम वर्क र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ जस्ता नीति तथा कार्यक्रमको कार्यान्वयनमा सरकारलाई सघाउन । र, सो क्रममा निजी क्षेत्रका व्यवसायको हित सुनिश्चित हुने गरी नीति कार्यान्वयन गर्न सम्बन्धित निकायलाई घच्घच्याउन ।

 नेपालमा डिजिटल अर्थतन्त्रको भविष्य र अर्थ सामाजिक सम्भावना बारेको रोडम्यापबारे भिजन निर्माण गर्न सरकारलाई सघाउन । व्यावसायिक सम्भावनाको विस्तार गर्न र नीतिगत सुधार तथा विकासका लागि सरकार तथा व्यवसायीलाई सुझाव दिन तथा त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गर्न ।

 नेपाल उद्योग वाणिज्य महासङ्घले निर्माण गरेको र नेपाल सरकारले इन्डोर्स गरेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० को कार्यान्वयनमा सूचना प्रविधिको प्रयोगलाई अझ घनीभूत बनाउन ।

 बैङ्किङ, युटिलिटी पेमेन्ट, यातायात र राजस्वलाई पूर्णरुपमा डिजिटलाइज्ड गरी व्यावसायिक विकासमा सहयोग गर्न सक्ने बनाउन । मानिसहरू बैङ्कसम्म जानै नपर्ने, कुनै पनि आर्थिक कारोबारमा खल्तीबाट नगद झिकेर बिल भुक्तानी गर्नु नपर्ने र सकेसम्म पैसालाई भौतिकरुपमा देख्नै नपर्ने अवस्था सिर्जना गर्ने दिशामा काम गर्न ।

 सूचना प्रविधि सम्बन्धी सामान एवं सेवा आयात, निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटी सञ्चालनमा रहेको अव्यवहारिक कर नीतिका सम्बन्धमा तथा इकमर्स व्यवसाय सञ्चालनमा व्यवसायीका हितको रक्षा गर्न ।

 सूचना प्रविधि क्षेत्रमा ठुलो सम्भावना रहे पनि त्यसलाई उपयोग गर्न सकिएको छैन । त्यस सम्भावनामा व्यावसायिक विकासका लागि सरकार र निजी क्षेत्र बिच बृहत्तर सहकार्य तथा सहमति निर्माण गर्न ।

 नेपाल उद्योग वाणिज्य महासङ्घका बस्तुगत, जिल्ला तथा नगर सङ्घहरूलाई सूचना प्रविधिमा अझ सबल बनाउन । महासङ्घका गतिविधि तथा सेवालाई पूर्णतः सूचना प्रविधिमैत्री बनाउन । बस्तुगत सङ्घ, जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूलाई सूचना प्रविधि नेटवर्कमार्फत जोडी प्रभावकारी र वृहत् राष्ट्रिय सञ्जालको विकास गर्न ।

 जिल्ला नगर उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ्घ, संस्थागत सदस्य तथा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूबिच प्रविधिमार्फत अन्तर्क्रिया बढाउन ।

 सूचना प्रविधि तथा सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित तथा प्रवर्द्धन गर्न । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घमा हाल भएको संरचनालाई अझ प्रभावकारी बनाउनका लागि सूचना गेटवे निर्माण गर्न र सञ्चालन गर्न ।

 सम्भावित वातावरणीय, आर्थिक, सामाजिक तथा प्रविधिको क्षेत्रमा आउने चुनौतीको सामना गर्ने खालका खोज तथा अनुसन्धानलाई प्रोत्साहित गर्न । यस क्षेत्रमा जनशक्ति विकास गरी निजी उद्यमलाई सघाउन ।

 सञ्चार तथा सूचना प्रविधिमा आधारित साना उद्योग तथा कृषि, स्वास्थ्य तथा अन्य स्थानीय उद्यमको प्रवर्द्धनका लागि कार्य र सहकार्य गर्न । सूचना प्रविधिको प्रयोगमार्फत साना तथा मझौला उद्यमहरूको उत्पादनशीलता, गुणस्तर र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न ।

 विभिन्न क्षेत्रका लागि अत्यावश्यक मानिएको प्रविधि हस्तान्तरणमा स्वदेशी तथा विदेशी कम्पनीहरूबिच सम्बन्ध तथा सहकार्य विस्तार गर्न र सो मार्फत विदेशी लगानी प्रवर्द्धन गर्न ।

 स्टार्टअप तथा इन्क्यबेटर प्रोजेक्टको प्रवर्द्धनमार्फत युवामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उद्यमशीलता विकास गर्न ।

तसर्थ चैत्र २८ र २९ गते सम्पन्न हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा यहाँको अमूल्य मत को लागि हार्दिक अनुरोध गर्दछौँ । यहाँबाट यस महत्त्वपूर्ण जिम्मेवारीका लागि सहयोग हुने कुरामा क्यान महासङ्घ विश्वस्त रहेको छ । धन्यवाद ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन