१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । गुल्मीको रेसुङ्गा गाउँपालिकामा गरिएको स्वास्थ्य शिविरमा म्याद गुज्रीएको ओषधी वितरण गरेकोमा गल्ती स्वीकार गर्दै बुटवलको चौराह अस्पतालले माफी मागेको छ । अस्पतालले म्याद गुज्रीएको औषधी वितरण गरको बारे समाचार प्रकाशन भएपछि सोमबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले गल्ती भएको स्वीकारसहित माफी मागेको हो ।

अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘उपरोक्त सम्बन्धमा मिति २०७९ ११ २० गते रसुङ्गा नगरपालिकाको आयोजनामा चौराह अस्पताल प्रा लि. को प्राविधिक सहयोगमा महेन्द्र मावि मा गरिएको निःशुल्क स्वास्थ्य शिविरको क्रममा मिरा बायोटिक कम्पनीद्वारा उत्पादित एमिजाय १० एमजीको स्याम्पल ट्याबलेटको म्याद सकिएको औषधी वितरण गरिएको भन्ने समाचार प्रकाशित भएको प्रति दुख व्यक्त गर्दछौ । प्राविधिक कमजोरीका कारण उपचारमा आउने केहि विरामीहरुलाई उक्त औषधी वितरण भएको अस्पताल व्यवस्थापन समितिले स्वीकाछौं ।’ अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृतद्वारा जारी विज्ञप्तीमा अघि लेखिएको छ ‘शारीरिक दुखाईमा प्रयोग गरिने औषधी प्राविधिक गल्लीको कारण मिरा बायोटिक कम्पनीको स्याम्पल एमिजोय १० एमजीको ट्याबलेट १५ देखि २० पाता वितरण भएको वितरणमा रहेका फार्मासिस्टले उल्लेख गरेका छन । यो घटनाप्रति संवेदनशिल हुँदै आगामी दिनमा यस्तो घटना नदोहोरिने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

घटना बारे ग्लोबल आवाजले बुटवलको चौराहा अस्पताको प्राविधिक सहयोगमा आयोजित शिविरमा म्याद गुज्रीएका औषधी शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित मन्त्री परिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै गुल्मीमा बाख्राका बोका-पाठालाई महिलालाई लगाउने तीन महिने सुई लगाएपछि..