१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

गुल्मी । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको विशेषज्ञ डाक्टरसहितको नि:शुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रीएको औषधी बितरण गरेको भेटिएको छ । बुटवल स्थित चौराह अस्पतालको प्राबिधिक सहयोगमा उक्त अस्पतालले उपलब्ध गराएको औषधी म्याद सकिएको पाइएको हो । सेवाग्राहीको स्वास्थ्यमा खेलवाड गर्दै डेट एक्साएर औषधी वितरण गरिएको पाइएपछि घटना लुकाउने प्रयास समेत गरिएको छ ।

Advertisement

गाउँपाीकाले तामझामसहित शनिबार आयोजना गरेको शिविरमा स्थानीय हरिमाया थापालाई दिएको औषधी ३ महिना अघिनै म्याद गुज्रीएको भेटिएको छ । नसा  सम्बन्धि विमार भएकी  रेसुङ्गा-८ की थापालाई म्याद गुज्रीएको  एमिजोय-१० नामक  औषधी बितरण गरेको पाइएपछि घटना बाहिर आएको हो । अगष्ट  २०२१ मा  उत्पादन भई शिल्ड गरिएको उक्त औषधिको प्रयोग मिति जनवरी २०२३ सम्म रहेको थियो । म्याद गुज्रेको ३ महिनापछि अर्थात मार्च २०२३ मा औषधि वितरण गरिएको छ ।

पीडित थापाले घरमा लगेर औषधि सेवन गर्न लागेको समयमा उनकी छोरीले म्याद गुज्रीएको पाएपछि सेवन गर्न रोक लगाएकी थिइन । उक्त घटना बाहिरिएसँगै शिविरमा वितरण गरिएको औषधीको प्रयोग गर्न मिल्ने म्याद हेरेर मात्रै सेवन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

जिल्ला  समन्वय प्रमुख,  प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतलाई अतिथी गराएर आयोजित शिविरमै गल्ती भेटिएपछि उनीहरु समेत आलोचित हुन पुगेका छन् । चौराह अस्पतालले  प्राविधिक सहयोग गरेको शिविरमा औषधी व्यवस्थापन लगायतको काम ईस्मा गाउँपालिका-५ मा अवस्थित स्वास्थ्य चौकीका अहेब रमेश मरासिनी र क्षितिज भन्डारिले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु