ताजा अपडेट »

८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबलको उपाधिका लागि स्याङजा र नवलपुर भिड्ने

शुक्रबार, २७ माघ २०७९, १५ : ५९
24 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको उपाधिका लागि जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई पराजित गर्दै उपाधि भिडन्तको यात्रा तय गरेको हो । नवलपुरले ३–१ को सेटमा जित निकालेको हो । उसले २५–२३, २५–१८, १९–२५ र २५–१९ को अंकसहित जित दर्ता गर्न सफल भएको हो । यसैगरी शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले जिल्ला भलिबल संघ पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । उसले ३–० को सोझो सेटमा जित दर्ता गरेको हो । स्याङजाले पर्वतमाथि २५–२१, २५–१५ र २५–२० को अंकसहित जित निकाल्न सफल भएको हो ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा शनिबार हुने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जनकारी दिए । प्रतियोगिता अन्तरगत अन्तिम दिन शनिबार विहान तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच विहान १० बजेदेखि हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । यसैगरी फाइनल खेल दिउसो १ बजे हुने आयोजकले जनाएको छ ।

तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा जारी प्रतियोगितामको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।