११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

परासी । भगवान गौतम वुद्धको एक मात्र सिंगो अस्तुधातु रहेको रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउन रामग्राम नगरपालिकाले चासो देखाएको छ ।

Advertisement

नगर प्रमुख धनपत यादवले काठमान्डौ पुगेर एतिहासिक, पर्यटकिय तथा धार्मिक स्थल रामग्राम स्तुपको विकास हुन नसक्दा ओझेलमा परेको भन्दै संघिय सरकारको ध्यानआर्कषण गराएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई मन्त्रालयमा ध्यानआर्कषण पत्र बुझाउदै नगर प्रमुख यादवले तत्कालै रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयन गरी जग्गा अधिग्रहणको काम सुरु गर्न आग्रह गरेका हुन् । लुम्बिनीको गुरुयोजनाका साथ पुर्वाधार विकासको काम भईरहदा रामग्राम स्तुपमा स्थानिय सरकारले पनि काम गर्न नपाउने र संघिय सरकारले पनि सहयोग नगर्नु विडम्बना भएको भन्दै अर्थमन्त्रीको ध्यानआर्कषण गराएका हुन् ।

ध्यानआर्कषण पत्र बुझ्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले जग्गा अधिग्रहणको काम छिट्टै सुरु हुने प्रतिवद्धता व्यक्त गरे । रामग्राम स्तुपको बारेमा आफु जानकार रहेको बताउदै तत्कालका लागी स्तुप क्षेत्रको जग्गा अधिग्रहण गर्ने र बाँकि आवश्यक जग्गा रोक्का राख्ने योजनाका साथ काम गर्ने पौडेलले बताएका नगर प्रमुख यादवले जानकारी दिए । रामग्राम स्तुप क्षेत्रको विकासका लागी पटक पटक लुम्बिनी विकास कोष संग छलफल गरेपनि कार्यान्वयन नभएपछि संघिय सरकारको ध्यानआर्कषण गराएको उनले बताए ।

अर्थमन्त्री पौडेलले यो पटक आश्वासन मात्र होईन् काम सुरु हुन्छ तर बजेटका कारण एकैपटक काम नसकिने कुरा नगर प्रमुख यादवले बताए । साथै उनले कानुन न्याय तथा संघिय मामिला मन्त्री धुव्र बहादुर प्रधानसंग पनि भेट गरेर रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका हुन् । जवाफमा मन्त्री प्रधानले त्यसका लागी आवश्यक सहजिकरण गरी पहल गर्ने आश्वासन दिएका छन् । सदरमुकाम परासी देखि ४ किलोमिटर दक्षिण तर्फ रहेको रामग्राम स्तुप क्षेत्रको विकास हुन नसक्दा उक्त क्षेत्र ओझेलमा परेको छ ।

विश्व सम्पदा सुचिमा समेत सुचिकृतको पर्खाईमा रहेको स्तुपाको विकासका लागी सरकारले झन्डै ७ अर्ब लागत अनुमान सहितको गुरुयोजना बनाएपनि कार्यान्वयन हुन सकेको छैन् । पटक पटक जियोफिजिक्स सर्भे मार्फत स्तुपको जोखिम क्षेत्र पुर्वाधार निर्माणका क्षेत्र, उत्खनन् गर्न सकिने स्थल पहिचान भएपनि काम नहुदा देशकै महत्वपुर्ण क्षेत्र ओझेलमा परेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी