ताजा अपडेट »

माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा

शुक्रबार, २० माघ २०७९, १७ : २२
6 Shares

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् । 

आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न श्रेष्ठ पुगेका हुन् । 

सत्तारुढ गठबन्धनमा दरार बढिरहेका बेला श्रेष्ठ माधव नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यसअघि बिहीबार माओवादीको बैठक चलिरहँदा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडा पुगेका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।