११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

बुटवल। कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २१ लाख सात हजार एक सय भारतीय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको भारतीय रुपियाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

बिहीबार राति ९ बजे प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कपिलवस्तु नगरपालिका–२ जमुवारपुलबाट भैरहवाको तौलिहवातर्फ आउँदै गरेको कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ विमिहा बस्ने ३५ वर्षीय राजेशकुमार बर्मा, सोही स्थानका २६ वर्षीय राकेशकुमार बर्मा र गाडी चालक भारतको सिद्धार्थनगर ग्राम अनुपनगर नौगढ घर भई हाल मायादेवी गाउँपालिका–१ इमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान छन् ।

युपी ५५ ए एम ०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको स्रोत नखुलेको भारतीय रुपियाँसहित उनीहरुलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । स्रोत नखुलेको भारतीय रुपियाँलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाउने पहल भइरहेको उनले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई वैदेशिक मुद्रा अपचलनसम्बन्धी मुद्दा चलाउन थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी