११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

Advertisement

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई मंगलबार  जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोकगढी नगरपालिका-४ देउरालिमा जग्गा व्यवस्थापन भई ४१ घरधुरीले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् ।

पुर्जा वितरण कार्यक्रमका  सिन्धुपाल्चोक क्षेत्र -१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुवोध) ले ४१ घरधुरीलाई कुविण्डेमा स्थान्तरण हुने गरी र नयाँ बस्ती विकास गर्ने गरी राज्यले औपचारिक रुपमा जग्गाधनी प्रमाण पुर्जा दिएकाे बताए । उनले  जुगल सरकारको उद्देश्य अनुसार अब आयआर्जन स्वरोजगार, आर्थिक जिवनस्तरमा पनि सहयोग हुने गरी हामि सबै जुटेर काम गर्न आवश्यक रहेको बताए ।

२०९ घरधुरी मध्ये ६४ घरधुरीलाई बासखर्क, २७ घरधुरीलाई चनौटे र ७५ घरधुरी बस्तीलाई लिदिको सिमलडाडाँमै स्थापित गर्ने गरी दिगो ढ‌ंगबाट व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढेको उनकाे भनाइ छ । सांसद सापकोटाले घर बनाउन पाँच/पाँच लाख रुपैयाँ दिइसकेकाे बताउँदै  हतार नगरी नमुना योग्य बस्ती बनाउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी