११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

लमजुङ । सुन्दरबजार नगरपालिकाको धुसेनीस्थित एक विद्यालयका बालबालिकाहरुले आफैंले उत्पादन गरेको च्याउबाट बिहानको तरकारी पुर्‍याउने गरेका छन् । सुन्दरबजार-१०, धुसेनीस्थित सौभाग्य सदन माध्यमिक विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीहरुले पेशा व्यवसाय तथा प्रविधि शिक्षाअन्तर्गत सिकेको सीपलाई व्यवहारमा उतार्दै विद्यालयमा विहानी कक्षामा पढ्ने विद्यार्थीहरुलाई तरकारी पुर्‍याएका हुन् । 

Advertisement

विद्यालयले गुणस्तर अभिवृद्धिको लागि कक्षा १० का विद्यार्थीलाई बिहान अतिरिक्त कक्षा सञ्चालन गरी बिहानको खानासमेत विद्यालयमै खुवाउने गरेको छ । पेसा व्यवसाय तथा प्रविधि शिक्षा अध्यापन गराउने शिक्षक अमृतबहादुर अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनको लागि च्याउ खेती गर्न सिकाएको बताए ।

‘उनीहरुले घरमा पनि एक दुई पोका च्याउ उत्पादन गरेर घरमा चखाएका छन्,’ अधिकारीले भने, ‘उनीहरुले उत्पादन गरेको च्याउ विद्यालयमा खाजाको लागि समेत प्रयोग हुने गरेको छ ।’

विद्यालयले हाल १० कक्षासम्मका सबै विद्यार्थीलाई विद्यालयमा खाजा दिFदै आएको छ । सौभाग्य सदन माध्यमिक विद्यालयका शिक्षक तीर्थ ढकालका अनुसार गाउँका सबै बसाईं सरेका कारण विद्यालयमा विद्यार्थीको संख्या न्यून छ । 

भएका विद्यार्थीलाई सोही विद्यालयमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष दीपकराज ढकाल पनि विद्यालयको शैक्षिक स्तर उकास्न अहाेरात्र खटिएका छन् । 

वडाभरका विद्यार्थीलाई परिचयपत्र र विद्यालय पोशाक वडाबाट सहयोग गरिएको अध्यक्ष ढकालले बताए । नगरपालिकामा कृषि विषय अध्यापन गराउने विद्यालयमा समेत प्रयोगात्मक कार्य बिरलै हुने गरेको छ ।

‘तर, हामीले यो काम सुरु गर्‍याैँ, उत्साहित पनि छौं,’ च्याउ खेतीमा संलग्न विद्यार्थीहरुले भने । उनीहरुले अहिले सानो संख्यामा उत्पादन गरेका छन् । सफल भएपछि उत्साहित भएका विद्यार्थीहरु अर्कोपटक उत्पादनलाई बेचेर कापीकलम किन्ने पैसा जुटाउने सुरमा छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी