Mar 25, 2023
बुटवल । तिलोत्तमा नगरपालिका ३ कि उमा बेलबासे खनालले वासेबल (पुनः प्रयोग गर्न मिल्ने) प्याड बनाउने तालिम लिन पाएकोमा खुसी छन् । यो तालिम व्यवसायभन्दा पनि आफ्नै लागि फाइदाजनक हुने उनले ठानेकी छन् । त्यसैगरी तिलोत्तमा २ का सीता थापा कुँवर पनि उत्तिकै खुसी छन् । यश तालिम व्यवसायिकरूपमा अघि बढाउन नसकेपनि आफ्नो प्रयोगको लागि अत्यन्तै राम्रो भएको बताइन् ।
त्यसतै तिलोत्तमा १ कि गिता बोहराको पनि धारणा उस्तै छ । त्यसै गरि तिलोत्तमा ४ कि लक्ष्मी खत्रीले यो स्वास्थ्यका लागि पनि राम्रो र पैसाको पनि बचत हुने बताउँछिन् । उमा, सीता , गिता र लक्ष्मी मात्र होइन यहाँ २७ जना महिलाहरू पुनस् प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिममा सहभागी छन् । तिलोत्तमा नगरपालिका वाड नम्बर १ देखि वाड नम्बर चारसम्मका २७ महिलाहरू यश तालिममा सहभागी छन् । शंकरनगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा गत माघ ७ गतेबाट सुरू भएको पाँच दिने तालिममा २७ महिला सहभागी भएका हुन् । तालिममा सहभागी महिलाहरू यस किसिमको तालिम निकै प्रभावकारी हुने भन्दै हर्षित छन् ।
महिलाको स्वास्थसँग प्रत्यक्ष जोडिएको यो पुनः प्रयोग गर्न मिल्ने प्याड वातावरमैत्री रहेको दावी समेत गरिएको छ । यो प्याड एक पटक किनेपछि या बनाइसकेपछि करिब तीन वर्षसम्म प्रयोग गर्न सकिन्छ । यसले गर्दा रकमको पनि बचत हुन्छ । प्रत्येक महिना महिनाबारी भैरहदा महिलालाई बजारका केमिकलयुक्त प्याड किनिरहने झन्झट भने अब हट्नेछ ।
सो संस्थाले विभिन्न समयमा व्युटीपार्लर स्वास्थ्य, शिक्षा, महिला हिंसा न्यूनीकरणसम्बन्धि धेरै तालिम सञ्चालन गरिसकेको संस्थाले जनाएको छ । तर त्यी सबै तालिम खासै प्रभावकारी नभएको तर यसपालीको तालिम प्रभावकारी हुनेमा संस्थाका सञ्चालक लक्ष्मी पौडेल ढुक्क छन् । उनी भन्छिन् ( हामीले तालिम धेरै दियौँ तर ती तालिममा मात्रै सिमित भए । तालिम लिनेहरूले ती व्यवहारमा ल्याउनुभएन, त्यसैले धेरै सोचेर यो तालिम दिएका हौँ ।
स्थानीयस्तरमा उपलब्ध हुने फलाटिनको कपडा र पानीरोधक कपडाको प्रयोग गरि बनाइने यो प्याड अत्यन्तै सरल र फाइदाजनक छ । प्रत्येक महिना प्रत्येक महिलाका लागि उपयुक्त यो प्याड व्यवसायिक नभएर आफ्नै र परिवारको लागि महत्त्वपूर्ण रहेको तिलोत्तमा नगरपालिका २ कि सचिव अनिता शर्माको भनाइ छ । स्थानीयस्तरमा सीप र ज्ञान भएका महिलाहरूको पहिचान गरि यसरी तालिममा सहजीकरण गर्ने अवसर पाएकोमा प्रशिक्षक अन्जु थापा जिसी भने मख्ख छन् । उनी भन्छिन् (यो तालिमले पैसाको बचत गर्न मद्दत मिल्छ । बजारमा पाइने केमिकलयुक्त प्याडले महिलाको शरीरमा धेरै असर गर्ने हुँदा यो पुनस्प्रयोग प्याड निकै प्रभावकारी छ । यो प्याड हरेक तरिकाले उपयुक्त रहेको सहभागीहरूको धारणा छ ।
पाँच दिनसम्म सञ्चालन भएको तालिमको बुधबार एक कार्यक्रमका बिच समापन गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष उमानाथ कडेल, तिलोत्तमा नगरपालिका एकका वाड अध्यक्ष फर्सुराम गिरी, वाड नम्बर तीनका अध्यक्ष कल्याण पौडेल, चारका अध्यक्ष हरि बहादुर क्षेत्री, वाड नम्बर दुईका वाड सचिव अनिता शर्मालगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस्