ताजा अपडेट »

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

शुक्रबार, १३ माघ २०७९, १० : २०
36 Shares
शुक्रबार, १३ माघ २०७९
36 Shares

कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ स्थित भित्री सडक खण्डमा बिहीबार साँझ सुपप्र ०१–००९ प २३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेले ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए । चन्दलाई अत्तरियाको पद्यमा अस्पतालले उपचार सम्भव नभएको भन्दै कोहलपुर रेफर गरेको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका–३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।