ताजा अपडेट »

ओली कटाक्ष, कांग्रेसको समर्थन जाल हो भने माछा नभएको खोलामा फ्याँक्यो, केही पाउँदैन

मंगलबार, २६ पुस २०७९, १४ : ४४
6 Shares
nf]stGqsf of]4f ;Ddfg sfo{qmddf k|d cf]nL sf7df8f}F, ! j}zfv M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ sf7df8f}Fsf] k|1f k|lti7fgdf cfof]lht nf]stGqsf of]4f ;Ddfg sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले सरकारलाई समर्थन गर्ने कुनै जालझेल होइने भने कांग्रेसको निर्णयलाई स्वागत गर्ने बताए । तर, यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको ओलीको भनाइ छ । उनले कांग्रेसले केही नपाउने पनि दाबी गरे ।

‘कांग्रेसले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । यो जाल होइन भने स्वागतयोग्य छ,’ अध्यक्ष ओलीले भने, ‘यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको हुनेछ ।’ सरकारलाई समर्थन गरेको कांग्रेस पनि सत्तापक्ष रहेको ओलीको बुझाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।