ताजा अपडेट »

भैरहवाका लागि छुटेको बस नवलपुरमा दुर्घटना : १७ जना घाइते, २ को अवस्था गम्भीर

विहीबार, २२ मंसिर २०७९, ०९ : ५०
18 Shares

बुटवल । नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक बिहीबार बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएका हुन् । बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक एकापसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको पाठकले बताए । बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फी रूपमा सवारी सञ्चालनमा आउने प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।