ताजा अपडेट »

ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

बुधबार, २१ मंसिर २०७९, १६ : ४२
2 Shares

काठमाडौं । झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । कन्काई नगरपालिका-८ मा मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-१ का २२ वर्षीय ओमप्रकाश राउतको मृत्यु भएको हो ।  

मृतक राउतको  बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । दुवै सवारीसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।