ताजा अपडेट »

अव्यवस्थित तथा सुकुम्बासी बस्ती तत्काल हटाउन मिल्दैन : आयोग

शुक्रबार, १६ मंसिर २०७९, ०८ : ४७
29 Shares

बुटवल । अव्यवस्थित वा सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन निर्देशनसहित राष्ट्रिय भूमि आयोगले सूचना जारी गरेको छ । काठमाण्डौं महानगरपालिकामा सुकुम्बासी बस्ती हटाउने प्रयास र त्यस घटनालाई लक्षित गर्दै आयोगले तत्काल कुनै पनि काम अघि नबढाउन निर्देशन गरेको हो ।

राष्ट्रिय भूमि आयोगले शुक्रबार एक सूचनम जारी गर्दै स्थानीय तहहरूसँग कार्य सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नका लागि निर्वाचन आचारसंहिता लागू हुँदासम्म अघि बढाउन नमिल्ने उल्लेख गरेको छ । 'निर्वाचन आयोगको निर्देशन बमोजिम २०७९ भाद्र ३१ गतेबाट स्थगन गरिएका सम्पूर्ण कार्यहरू निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात यस आयोगले सूचना प्रकाशन गरी पुनः सूचारू गर्नेछ ।'-आयोगले भनेको छ, तत्पश्चात लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल संचालन गर्ने गरी आवश्यक तयारी हुने छ ।

'लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिका सहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका वस्ती  हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्न/नगराउन'- भन्दै आयोगले सूचना जारी गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।