ताजा अपडेट »

धनुषा-४ बाट एमालेका महासेठ निर्वाचित

मंगलबार, १३ मंसिर २०७९, १० : २०
28 Shares

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनो मतले हराउँदै महासेठ विजयी भएका हुन् । 

मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत पाए । महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।