ताजा अपडेट »

तिहारमा २४ लाख बढी फूलमाला, ७५ करोडको फलफूलको कारोबार

शुक्रबार, ११ कार्तिक २०७९, ११ : ३५
18 Shares

काठमाण्डौं । यस पटकको तिहारमा करिब ७५ करोड रुपैंया बराबर फलफूलको कारोबार भएको छ । त्यस्तै तिहारमा साढे २४ लाखभन्दा धेरै फूलमालाको कारोबार भएको फ्लोरिकल्चर एसोशियसनका अध्यक्ष मीनबहादुर तामाङले बताए।

तिहारमा फ र फूलको प्रयोग बढी हुने गर्दछ । भाइटीकासँगै सयपत्री फूलको माला लगाउने परम्परा रहेको हुँदा तिहारमा सयपत्री फूल र मालाको माग उच्च हुन्छ । त्यस्तै टीका र पूजासँगै फलफूल प्रदान गरिन्छ । कारोबार भएको फूलमाला र फलफूल अधिकांश भारत लगाएतका देशहरुबाट आयात भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।