ताजा अपडेट »

इराक र सिरिया पूर्णरुपमा आतंकवाद मुक्त हुन्छ: ट्रम्प

विहीबार, २४ माघ २०७५, ०५ : २९
6 Shares

माघ २४, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र सिरिया पूर्णरुपमा आतंकवाद मुक्त हुने दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले एक साता भित्र इराक र सिरियाको आंतकवाद पूर्णरुपमा मुक्त हुने दाबी गरेका हुन् ।  आधिकारीक घोषणाका लागि एक साता कुर्न ट्रम्पले आग्रह गरे । 

प्रतिआतंकवाद अभियानका कारण कमजोर बनेको आईएसले बल प्रदर्शन गरेपनि नझुक्किन इराकी र सिरियाली नागरिकलाई अमेरिकाको आग्रह छ । 

अमेरिकाले गत डिसेम्बरमा सहयोगी राष्ट्रलाई समेत आश्चर्यमा पार्दै सेना फिर्ताको निर्णय गरेको थियो । ३० दिन भित्र सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको निर्णय लगत्तै अमेरिकाका रक्षामन्त्रीले राजिनामा दिएपछि निर्णय कार्यान्वयनमा ढिलाईं भएको ह्वाइटहाउसको भनाई छ ।

यसैगरी सन् २०१४ देखि आईएस विरुद्ध ८० राष्ट्रको सैन्य गठबन्धन सिरिया र इराकमा कार्यरत छन् ।- एजेन्सी   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।