ताजा अपडेट »

बसको ठक्करबाट चितवनमा एकको मृत्यु

विहीबार, २४ माघ २०७५, ०५ : ०५

माघ २४,

चितवन । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मुग्लिनबाट काठमाडौं जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधवार राति ९ः४५ बजे ठक्कर दिएको हो । 

बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले जानकारी दिए ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।