ताजा अपडेट »

सैनामैनाको रामापुर क्याम्पसमा विवाद : एउटै क्याम्पसका लागि दुई जना प्रमुख !

शनिबार, १५ असोज २०७९, १३ : ४७
4 Shares

बुटवल । सहिद नारायण पोख्रेल क्याम्पस सैनामैनाको क्याम्पस प्रमुख नियुक्तिको विषयले सामाजिक सञ्जाल रंगिएको छ । कतिले बास्तविकता बुझेर टिकाटिप्पिणी गरिरहेका छन भने कतिले सतहि टिप्पणि गरिरहेका छन । टिप्पिणी र समर्थन फरक फरक आए पनि क्याम्पसमा क्याम्पस प्रमुख नियुक्तिमा चरम राजनीति भएको भन्ने बिषयमा मुख्य आलोचना केन्द्रित छ ।

निवर्तमान क्याम्पस प्रमुखले आफ्नो पदावधी सकिनु अघि क्याम्पसका उपप्रध्यापक विष्णु प्रसाद अर्याललाई दिएको कार्यबाहाकको जिम्मेबारीमा असहमति जनाउँदै त्यसको अर्को दिन क्याम्पसका कार्यवाहाक अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जग लाल गिरीलाई कार्यवाहक क्याम्पस प्रमुखको जिम्मेवारी दिएपछि विबाद सिर्जना भएको हो । एउटा क्याम्पसमा २ जना कार्यवाहाक क्याम्पस प्रमुख नियुक्ति भएको भन्दै सर्वत्र ब्यांग्य गरिएको छ । निवर्तमान क्यापस प्रमुख यदुलाल पन्तले आज एक विज्ञप्ति जारी गरेसंगै कतिपय भ्रमहरु हटेका छन भने क्याम्पसमा भएको राजनीतिको अथार्थता आधिकारीक रुपमा बाहिर आएको छ ।

आफ्नोे ४ वर्षे कार्यकाल सकिने अन्तिम दिन सम्म पनि ब्याबस्थापन समितिले नयाँ क्याम्पस प्रमुख चयन गर्न नसकेपछि पद रिक्त नहोस भन्ने उद्धेश्यले आफुले क्याम्पसका उपप्राध्यापक बिष्णु प्रसाद अर्याललाई कार्यवाहाक दिएको विज्ञप्तिमा उल्लेख छ । नयाँ क्याम्पस प्रमुखको दौडमा पनि नरहेका, क्याम्पसको क्यु.ए.ए. फोकल पर्सनको रुपमा क्याम्पसको समग्र बिकासमा योगदान गरेका, क्याम्पसको प्रसासनिक काममा समेत दखल राख्ने भएकाले अर्याललाई कार्यवाहाक दिएको पन्तले बताएका छन । विद्यार्थी भर्नाको समय भएकाले पनि क्याम्पसमा शून्यताको अबस्था नहोस भन्ने उद्धेश्यले अर्याललाई कार्यबाहक पन्तले विज्ञप्तिमा उल्लेख गरेका छन  ।

पन्तले प्रचलित मुल्यमान्यता, कार्यालयीय पद्धती, विधिविधान र सञ्चालक समितिको बिगतको अभ्यासका आधारमा स्वविवेकीय अधिकार प्रयोग गरि आफुले गरेको निर्णयमा अनावश्यक बिरोध गर्दै प्रिज्ञिक जगतको मानमर्दन गर्नेगरि यो घटना हुनु दुभाग्यपूर्ण भएको बताएका छन ।  पन्तले विज्ञप्ति मार्फत क्षणिक उत्तेजना र आवेगमा आएर क्याम्पसलाई आधात पुग्ने काम नगर्न र सबैको छलफलबाट समस्याको समाधान खोज्न सर्वाधिकार सम्पन्न सञ्चालक समितिलाई आग्रह समेत गरेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।