८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि नाै नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ ।

Advertisement

उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुँजेल, सिन्धुपाल्चोककै विनोद लामा र पाल्पाका सूर्यबहादुर नेपाली छन् ।

पीडितहरूले विनाकारण जेलमा परेको भन्दै आबुधावीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईसमक्ष उद्दारका लागि गुहार मागेका छन् ।

दुतावास र एनआरएनएलाई पठाएको पत्रमा उनीहरूले ११ महिनादेखि विना कसुर जेलमा फसेको उल्लेख गरेका छन् । ‘हामीहरू फरक फरक एजेण्टमार्फत भिजिट भिसामा आएका थियौँ । इन्टरनेट सिटीमा रहेको एक चाइनिज व्यक्तिले भिसा लगाइ दिन्छु भन्दै आठ महिनासम्म बन्धक बनाएर राखेको थियो,’ पत्रमा उल्लेख छ । 

दुबई पुगेपछि इन्टरनेट सिटीमा चिनियाँ नागरिकले एउटा भिल्लामा खाना बनाउने, सरसफाइ गर्ने आदि काम दिएकाे र घर बाहिर कतै जान नदिएको उनीहरूले बताएका छन् । ‘हामीहरूमध्ये कोही राति भागेर अलपत्र परेका थियौं र भाग्न नसक्ने त्यही बसेर काम गरिरहेका थियौँ,’ पीडितहरूको भनाइ छ, ‘चिनियाँ नागरिक के गर्थे हामीलाई थाहा हुन्न थियो ।’

त्यहाँबाट भाग्ने प्रयास गरेको तर सफल नभएको उनीहरूको भनाइ छ । ‘भाग्ने कोसिस गर्दा पनि सकिरहेका थिएनौँ । पछि अचानक पुलिस आएर समातेर लग्यो,’ उनीहरूले भनेका छन् ।

उनीहरूले आफूहरू निर्दोष भएकाले उद्दार गरिदिन दुतावास र एनआएनएसमक्ष याचना गरेका छन् । ‘हामी निर्दोष छौं । हामीलाई न्याय दिलाइदिनुस्,’ उनीहरुले पत्रमा भनेका छन् । पीडितहरूका अनुसार अहिले एक सय जना चिनियाँ नागरिक पनि आफूहरुसँगै जेलमा छन् ।

उनीहरू कसरी र को मार्फत् चिनियाँ नागरिकको सम्पर्कमा पुगे भन्नेबारे थप जानकारी खुल्न बाँकी छ। उनीहरूलाई यूएईको साइबर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको आशंका छ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर