ताजा अपडेट »

पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु

विहीबार, ३० भदौ २०७९, १० : ५२
34 Shares
विहीबार, ३० भदौ २०७९
34 Shares

काठमाडौं । सिन्धुपाल्चोकमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ ।बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्यान गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।  पहिरो बिहीबार बिहान खसेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।