१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

भैरहवा । नेकपा एमालेले मतदाता नामावली विवरणमा दोहोरिएका तथा मृत्यु भएकाको विवरण हटाउन माग गरेको छ । रुपन्देही जिल्लामा मतदाता नामावली दोहोरो हुनुका साथै मृत्यु भएकाहरूको नामावलीसमेत मतदाताका रूपमा रहेको भएको भन्दै ती नामावली हटाउन माग गर्दै नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय भैरहवामा ज्ञापन पत्र बुझाएको छ । 

Advertisement

नेकपा एमाले बुटवल उपमहानगर पालिकाका अध्यक्ष किशन ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा ठूलो संख्यामा मतदाता नामावली दोहोरिएको पाइएकोले सो सम्बन्धमा निर्वाचन कार्यालयलाई नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै त्यस्ता दोहोरिएका नामावली तत्काल हटाउन जोडदार माग गर्दछौँ ।’ हाम्रो नमुना अध्ययनले अहिलेसम्म बुटवलमा ८ सय २ जना, तिलोत्तमामा २ सय ९० जना, सैनामैनामा ३ सय ३८ जना र देवदहमा ९२ जनाको मतदाता नामावली दोहोरिएको देखाएको बताउँदै अध्यक्ष किशन ज्ञवालीले निर्वाचनको आधार स्रोत नै त्रुटिपूर्ण भएपछि निष्पक्ष निर्वाचन हुन सम्भव नभएको बताए । 

विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो प्रवृत्तिले लोकतन्त्रको चीरहरण गर्ने निश्चित छ । त्यसैले संलग्न बमोजिम रहेका दोहोरिएका नाम हटाउन र अन्य पालीका र अन्तरपालिकामा रहेका दोहोरिएका नाम पहिचान गरी हटाउन हाम्रो पार्टीको तर्फबाट निर्वाचन आयोगलाई हार्दिक अनुरोध गर्दछौँ ।अतिरिक्त दुखद तथा असामयिक कारणले निधन भएका नागरिकको समेत नाम मतदाता नामावलीबाट हटेको छैन र त्यस्ता व्यक्तिको नाममा अरूले मतदान गरेको समेत भेटिएको हुनाले निर्वाचन कार्यालयबाट पालिकाका प्रत्येक वडामा कर्मचारी खटाई त्यस्ता मतदाताको नामावली समेत हटाउन विज्ञप्तिमा माग गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो नमुना अध्ययनको आधारमा बुटवलको मतदाता नामावलीमा नाम रहेका ९० वर्ष भन्दा माथिका व्यक्तिहरूको संख्या ४ सय ८५ भन्दा बढी रहेको छ । त्यसका अतिरिक्त विभिन्न वडाहरूबाट प्राप्त सूचनाका आधारमा २ सय ८५ जना व्यक्तिहरू अहिले नभएको प्रस्तुत तथ्यले देखाउँछ । यस विषयमा सत्य तथ्य छानबिन गरी तत्काल आवश्यक प्रक्रिया अगाडी बढाउन जरुरी देखिन्छ ।’ 

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीलाई मृत्यु भएका र दोहोरिएका व्यक्तिहरूको नामावलीको विवरण सहित विज्ञप्ति बुझाउँदै नेकपा एमाले बुटवल उपमहानगरपालिकाका अध्यक्ष किशन ज्ञवालीले निर्वाचनको प्रक्रियालाई स्वच्छ एवं निश्पक्षरुपमा सम्पन्न गर्नका लागि आवश्यक छानबिन गरी दोहोरिएका र मृत्यु भएका सम्पूर्ण व्यक्तिहरूको नामावली हटाउन जोडदार माग गरे । 

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले दोहोरीका नामावली हटाउने प्रतिबद्धता व्यक्त गर्दै मृत्यु भएकाहरूको नामावली हटाउनका लागि प्रक्रियामा जानु पर्ने भएकाले केही समय लाग्ने बताएका थिए । मृत्यु भएकाहरूको मतदाता नम्बर अनिवार्य,जन्म मिति र नागरिकता नं भिडेन भने हटाउन सकिन्न ।  १४ हजार डाटा आएको छ भण्डारीले भने, तीन कुरा मिले मात्रै सहज हुन्छ । हटाउनका लागि वडाबाट नै पर्याप्त डकुमेन्ट आउनुपर्छ । 

विज्ञप्ति बुझाउने कार्यक्रममा नेकपा एमाले बुटवल उप महानगर पालिकाका अध्यक्ष किशन ज्ञवाली,  नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य तथा क्षत्रिय संयोजक बाबुराम पन्थी, जिल्ला सदस्य तथा नगर इन्चार्ज ऋषिराम पाडे, जिल्ला सदस्य तथा नगर सह इन्चार्ज यम पाण्डे, प्रदेश कमिटी सदस्य खिमानन्द भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली