ताजा अपडेट »

रुप स्मृति क्रिकेट प्रतियोगिताको आयोजना

बुधबार, १५ भदौ २०७९, १३ : ३०
10 Shares
बुधबार, १५ भदौ २०७९
10 Shares

टेक्सस। गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिका र साथी बाल्टिमोरको आयोजनामा आउँदो सेप्टेम्बर ३ देखि सेप्टेम्बर ६ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रुप स्मृति तथा साथी कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा अमेरिकाको विभिन्न राज्य तथा शहरमा रहेका क्रिकेट क्लबहरुको सहभागिता रहनेछ । संघका सचिव अनुप खनालका अनुसार प्रतियोगितामा मेरिल्याण्ड ग्राब्स, ल्यान्काष्टर क्रिकेट क्लब,फार वेर्ष्टन क्रिकेट क्लब,बोस्टन अल स्टार्स,एझरेष्ट लायन क्रिकेट क्लब,साथी बाल्टिमोर त्रिकेट क्लब , रियुनियन क्रिकेट क्लब र बाल्टिमोर एथलेटिक क्लबको सहभागिता रहनेछ ।

सहभागि क्लबहरुलाई २ समुहमा विभाजन गरी प्रतियोगिता संचालन हुनेछ । समुह चरण लिग शैलीमा हुने र समुहका उत्कृष्ट २ समुह सेमिफाईनलमा प्रवेश गर्नेछन् । खेल २० ओभरको हुने आयोजकले जानकारी दिएका छन् । विजेता तथा उपविजेता क्लबलाई क्रमशः ३ हजार ५ सय र २ हजार डलर नगद तथा ट्रफी प्रदान गरिनेछ ।

संघले भारोत्तोलनका पूर्व अन्तराष्ट्रिय पदक विजेता रुप कार्कीको स्मृतिमा प्रतियोगिता संचालन गर्न लागेको हो । संघले यस अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिता सहीतको एनआरएनए एनसिसी क्रिकेट प्रतियोगिता समेत संचालन गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।