२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १६,
काठमाण्डौं । ‘जसको बिउ उसलाई थाहा नदिई’ भन्ने उखान यातायात व्यवस्था विभागमा लागू भएको छ । विभागले मास मेसिनका प्राविधिकलाई मेसिनको ट्रेनिङ मा समावेश नगराएर सहसचिव, उपसचिव र कम्प्युटर इन्जिनियर ट्रेनिङमा समावेश गरेको हो । मेसिन सप्लार्यसको पैसामा २ जना उपसचिव, ३ जना सहसचिव र एक जना कम्प्युटर इन्जिनियरलाई मात्र समावेश गरेको मास अपरेटरलाई भने सो तालिममा समावेश नगरेको स्रोतको भनाइ छ ।  

यातायात व्यवस्था विभागले भदौको पहिलो सातामा मास प्रिन्टर संचालनमा ल्याउने भने पनि कम्पनीले ढिलाइ गरिरहेको कारण संचालनमा ल्याउन नसकेको विभागका सूचना अधिकारी तिर्थराज खनालले बताए । उनले भने, ‘डाटासँग कनेक्सन गर्ने काम बाँकी रहेको छ अन्य लगभग सकिसके छ ।’ एक घण्टामा ४ सय ५० वटासम्म स्मार्ट कार्ड प्रिन्ट गर्ने मास प्रिन्टर विभागमा भित्रिएको छ । तर, काम भने लथालिङ्ग नै रहेको छ । सेवा ग्राहीलाई भने अझै स्मार्ट कार्ड नपाएर सास्ती नै रहेको भनाइ छ । उक्त मास प्रिन्टरले दैनिक १५ घण्टामा १० हजार जति स्मार्ट कार्ड प्रिन्ट गर्ने भने पनि अझै संचालनमा आएको छैन तर बाँकी ६ वटा सानो मेसिनले दैनिक ३ हजारसम्म स्मार्ट कार्ड प्रिन्ट गर्दै आएको यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर केशव राज गौतमले बताए । 

अझै ८ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको छ । विभागले अबको केही दिनमै मास प्रिन्ट सञ्चालनमा ल्याउने र ट्रायल पास गरेको एक साताभित्रै लाइसेन्स दिने व्यवस्था मिलाउने उनले जानकारी दिए । २०७६ वैशाख १७ मा स्मार्ट कार्ड र मास प्रिन्टर मेसिन ल्याउनको लागि १९ लाख ७० हजार २ सय अमेरिकी डलरमा भारतको मद्रास सेक्युरिटी प्रिन्टरसंग सम्झौता गरिएको थियो । ४ लाख ४० हजार अमेरिकी डलर मास प्रिन्टरको मुल्य पर्ने ५० हजार अमेरिकी डलर दुई बर्षसम्म प्रिन्टर मर्मत सर्पोटको लागि सम्झौता गरिएको थियो । – आर्थिक न्यूज

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने