ताजा अपडेट »

कांग्रेस रुपन्देहीले जनप्रतिनिधिलाई प्रशिक्षण तथा बधाई दिने

आइतबार, १२ असार २०७९, १७ : ५५
2 Shares

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा बधाई दिने भएको हो । जनताको कामलाई छिटो छरीतो, प्रभावकारी रुपमा सञ्चालन तथा हौसला प्रदान गर्ने उद्देश्यले पार्टीले नप्रतिनिधिलाई सम्मान गर्न लागेको हो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्वमा निर्वाचनपछि पहिलो पटक आईतवार भैरहवामा बसेको जिल्ला कार्यसमितिको बैठकले निर्वाचन लगत्तै जनप्रतिनिधिहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नु परेको र अहीले उक्त कार्यमा सकिए लगत्तै यही असार १८ गते शनिवार दिउँसो भैरहवास्थित युनिक बैनक्वीटमा दिउँसो २ बजे सम्मान तथा बधाई कार्यक्रम राख्ने निर्णय गरेको हो ।

यस लगत्तै पार्टीले विज्ञहरुलाई बोलाएर सबै निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण पनि दिने भएको छ । कार्यक्रमकोलागी पार्टी उपसभापति डा: अनिता ढुङ्गाना शाहको सयोंजकत्वमा तयारी समिति समेत गठन गरिएको सचिव हरी काफ्ले जानकारी दिए ।

त्यस्तै कांग्रेसले स्नाथीयतह निर्वाचन स्वच्छ, निस्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउने र गराउन सहयोग गर्ने निर्वाचन कार्यलय, सुरक्षाकर्मी, सचारकर्मी, पार्टीका नेता तथा कार्यक्रता, शुभेच्छुक एवं भातृसंस्था एवम् मतदानमा सहभागी हुने आम मतदातालाई समेत धन्यबाद दिएको छ । बैठकमा बोल्दै पार्टी सभापति एवम् तिलोत्तमा नगरपालीकाका प्रमुख रामकृष्ण खाणले निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई शासक नठानी जनताको सेवक भएर काम गर्नुपर्ने बताए । उनले स्थानीय तहसँग जनताको धेरै अपेक्षा र भरोसा रहेको भन्दै जनताको विस्वासमा आघात नपुग्ने गरी काम गर्नु पर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।