ताजा अपडेट »

२२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन

बुधबार, ०४ जेठ २०७९, ११ : १०
2 Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा २२ घण्टादेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । वडा नम्बर ५ गुन्सामा मतगणनाका क्रममा विवाद भएपछि मतगणना कार्य रोकिएको हो ।

निर्वाचन अधिकृतले कुनै निर्णय लिन नसक्दा त्यहाँ मतगणना सुरु हुन सकेको छैन । मतगणना सकिँदा एमाले ९ मतले अगाडि देखियो । १२ सय ३ मत अर्धकट्टी छ भने ढ्वाङमा १२ सय मात्र मत देखिएपछि त्यहाँ विवाद भएको हो । ३ मतपत्र हराएपछि कांग्रेसको विरोधमा रोकिएको मतगणना सुरु हुन सकेको छैन । वडा नं. ४ सम्म भने मतगणना सम्पन्न भइसकेको छ ।

वडा नं. १ , ३ नेकपा कम्युनिष्ट पार्टी एमाले ,वडा नं. २ मा नेपाली काग्रेस , वडा नं. ४ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वडाध्यक्ष उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै छ । माओवादी र काग्रेस गठबन्धनका उम्मेद्वार दोस्राे क्रममा छन् । जिल्लामा ८ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने मेलम्ची, लिसंखु र सुनकोसीको गणना अन्तिम चरणमा पुगेको छ ।

मेलम्ची नगरपालिका र सुनकोसीमा कांग्रेसको अग्रता कायमै छ भने लिसंखुपाखरमा माओवादीको अग्रता देखिन्छ । यसअघि कांग्रेसले हेलम्बु, भोटेकोशी, त्रिपुरासुन्दरी, बाह्रविसेमा , एमालेले इन्द्रावती र माओवादीले बलेफी, चौतारा र जुगमा पालिका प्रमुख जितिसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।