ताजा अपडेट »

तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित

सोमबार, ०२ जेठ २०७९, ०७ : १८
4 Shares

बुटवल । पाल्पाको तिनाउँ गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । उनले गठबन्धन दलका उम्मेदवार राजेश श्रेष्ठलाई हराउँदै स्थानीय तहको निर्वाचनमा आगामी ५ वर्षका लागि तिनाउ गाउँपालिका प्रमुखमा विजयी भएका हुन् ।

निकटतम प्रतिद्धन्दि राजेश श्रेष्ठलाई ५९४ मतले पछि पार्दै ५ हजार ६० मतकासाथ प्रेम श्रेष्ठ विजयी भएका हुन् । गठबन्धन दलबाट चुनाव चिन्ह हँसिया हथौडा लिएका राजेशले ४ हजार ४६६ मत प्राप्त गरे । यसैगरी पालिका उपप्रमुखमा भने गठबन्धन दलका लालबहादुर थापा निर्वाचित भएका छन् । गठबन्धन दलबाट रुख चिन्ह लिएका उनले ५ हजार ८२ मत प्राप्त गरे । उप्रमुखमा नेकपा एमालेको तर्फबाट प्रत्यासी उम्मेदवार सावित्रा रानाले ४ हजार ४६५ मत प्राप्त गरिन् । थापाले ६१७ बढी मत लिएर विजयी भएका हुन् ।

तिनाउका ६ वटा वडाहरु मध्ये नेकपा एमालेले ४ वटा वडामा विजयी प्राप्त गरेको छ । वडा नम्बर १, ४ र ५ मा प्यानल नै विजयी भएको एमालेले वडा नम्बर २ मा अध्यक्ष मात्रै विजयी भएको छ । यसैगरी वडा नम्बर ३ र ६ मा गठबन्धन दलको प्यानल नै विजयी भएको छ । वडा नम्बर २ मा अध्यक्षबाहेक सदस्यहरुमा गठबन्धनले जित दर्ता गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।