ताजा अपडेट »

मतगणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप र मोबाइल भेटिएपछि तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर

शनिबार, ३१ बैशाख २०७९, १३ : १६
73 Shares
शनिबार, ३१ बैशाख २०७९
73 Shares

इलाम । इलामको देउमाई नगरपालिका तनावग्रस्त भएको छ । मतगणना स्थल बाहिर प्रहरीले हवाई फायर गरेको छ । तीन राउण्ड गोली पड्किएको आवाज सुनिएको देउमाईमा रहेका पत्रकार टिका खतिवडाले जानकारी दिए ।

असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा समेत तोडफोड गरेका छन् । मतगणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप र मोबाइल भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित गरिएकाे छ । गणना स्थगित भएपछि नगरपालिका परिसरमा नाराबाजी भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।