ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिग : मणिग्राम किंग्स र रोयल शंकरनगर विजयी

सोमबार, २१ चैत्र २०७८, २० : ५४
10 Shares

भैरहवा ।  रुपन्देहीमा जारी सर्बोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको सोमबारको खेल मणिग्राम किंग्स र रोयल शंकरनगर विजयी भएको छ । 

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजिवन क्रिकेट मैदानमा भएको पहिलो खेलमा भैरहवा ११ लाई मणिग्राम किंग्सले ४ विकेटमा र दोस्रो खेल जेभी वरियर्सलाई रोयल शंकरनगले ४ रनले हराएको हो । 

पहिलो खेलमा सुरुवाती ब्याटिङ्ग गरेको सुपर ११  भैरहवाले १९ दशमलव ५  ओभरमा सबै विकेट गुमाउदै मात्र १२२ रन जोड्यो ।  जसका लागि पुरण बिकेले २३ बलमा २४ रन,  योगेन्द्र सिंह कार्कीले १९ बलमा २६ रन को योग्दान गरे । भैरहवालाई सस्तोमा रोक्न मणिग्रामका कृष्ण कार्कीले ४, अनिल खरेल र अमर सिंह राउटेलाले सम्मान २–२ विकेट लिए ।  

१२३ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको मणिग्रामले १९दशमलव ३  ओभरमा ६   विकेट गुमाउदै  लक्ष्य हासिल गर्यो ।  मणिग्राम किंग्सका ओपनर देव खनालले  २४ रन प्रहार गरे भने  अनिल साहले २२ रन र कृष्ण कार्कीले ३१ रन जोडे । सुपर ११ भैराहवाका दुर्गेश कुर्मिले ४ ओभरमा २ विकेट, सुबाश बि.के र योगेन्द्र सिंह कार्कीले समान १÷१ विकेट लिए । खेलको म्यान अफ द म्याच  अल राउन्डर कृष्ण कार्की भए।  

यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ्ग गरेको रोयल शंकरनगरले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै ११० रन बनाएको थियो । जसका लागि प्रज्वल थापाले २८, हरि चौहानले २४ ले रन बनाए । बलिङ तर्फ अहमद हुसेनले ३ विकेट लिए  ।

जवाफि ब्याटिङ्गमा १११ रनको लक्ष्य  पाएको जेभीले सबै विकेट गुमाउदै निर्धारित आभेरमा १०६ रन मात्र जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि ४ रनको झिनाो अन्तरले हार व्यहोर्नु पर्‍यो । जसका लागि वसिर अहमदले २५, संजय राजभरले २२ रनको योग्दान गरे । बलिङमा धनबोर शाहीले ३ सन्दिप सुनारले २ विकेट लिए ।  दोस्रो खेलमा धन बहादुर शाही म्यानअफ द म्याच भए । मंगलबारको खेल भैरहवा–११ र तिलोत्ता टाइगर्स तथा दोस्रो खेल जेभी वरियर्स र न्यू होराइजन बीच हुने समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए । 

चौथो संस्करणको प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।