ताजा अपडेट »

एकिकृत समाजवादी बुटवल-१ मा भुजको नेतृत्वमा कमिटि गठन

शनिबार, १९ चैत्र २०७८, १७ : १२
8 Shares

बुटवल । बुटवल उपमहानगर पालिका वडा न १ मा शुशिल कुमार भुजको नेतृत्व मा २१ सदस्यीय वडा कमिटी गठन भएको छ।

बुटवल १ जितगढी किल्लामा भएको भेलालाइ नेकपा (एस) का केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज डा‍‍. बालकृष्ण चापागाईले युवाहरुको शक्ति अब परिवर्तन र जनताको पक्षमा खर्चिने बेला आएको बताए । उनले अब आउने स्थानीय तहको निर्वाचनमा जुुनसुकै हालतमा कलम चिन्हमा मतदान गर्न अपिल गरे ।

कार्यक्रममा नेकपा एकिकृत रुपन्देहीका जिल्ला अध्यक्ष राजु गुरुङले गठबन्धन हुने भएपछि आफूूलाई पहिलो भनेर दावी गर्ने एमाले पराजित हुने भयले अतालिएको बताए ।

उक्त भेलामा बुटवल उपहानगर अध्यक्ष चिन बहादुर गुरुङ, जिल्ला कमिटी उपसचिव सरिता श्रीसको उपस्थिति थियो । जगत क्षेत्रीको अध्यक्षता सम्पन्न भएको जिल्ला सचिवालय सदस्य शंकर घर्तीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।