ताजा अपडेट »

नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कहीँ भेटिँदैन: मोदी

शनिबार, १९ चैत्र २०७८, १४ : ०६
20 Shares
शनिबार, १९ चैत्र २०७८
20 Shares

काठमाडौँ । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले  नेपालको शान्ति र प्रगतिको यात्रामा भारत दृढ साथी रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार हैदराबादमा भेटवार्तापछि राखिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको र अनादिकालदेखि एक अर्काका सारथी रहेका बताएका हुन् । 

‘अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ । भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।’ उनले भने, ‘प्रधानमन्त्रीको रुपमा देउवाको यो पाँचौ भारत भ्रमण हो। नेपाल र भारतको सम्बन्ध मिसाइल जस्तो छ। अरुसँग तुलना गर्न मिल्दैन।’

उनले जयनगर रेल सञ्चालन भएकाले दुई देशका जनतालाई रेल सेवाले ठूलो योगदान गर्नेसमेत दाबी गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।