ताजा अपडेट »

भारतसमक्ष संयुक्त संयन्त्र बनाएर सीमा समस्या हल गर्न प्रधानमन्त्री देउवाको आग्रह

शनिबार, १९ चैत्र २०७८, १४ : ००

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्या समाधानका लागि भारतसमक्ष संयुक्त संयन्त्र गठनको प्रस्ताव राखेका छन् ।  

भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबादमा भेटवार्तापछि राखिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले द्विपक्षिय भेटवार्ताका क्रममा सीमा समस्याबारे कुरा उठाएको बताएका हुन् ।  ‘मैले मोदीजीसँग सीमा समस्याबारे कुरा उठाएको छु र यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’ उनले भने । 

तर, पत्रकार सम्मेलनमा मोदीले सीमा समस्याबारे कुनै प्रतिक्रया दिएनन् । बरु उनले नेपाल र भारतको सम्बन्ध मिसाइल जस्तो भएको बताएका भएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।