ताजा अपडेट »

के विद्या भन्दा धन ठूलो नै हो त ?

शनिबार, १९ चैत्र २०७८, ११ : १८
2.19K Shares

नेपाली विषयमा साभार गरिएको धन भन्दा विद्या ठूलो भन्ने शिर्षकको वादविवादको पाठ नेपाली शिक्षकले पढाउँदा साच्चै नै धन भन्दा विद्या ठूलो रहेछ भन्ने लागेको थियो। उक्त शिर्षकले हामी विद्यार्थीहरुको मन जितेको थियो, पढ्नु पर्छ भन्ने भावना जगाएको थियो । त्यसताका नेपाली समाजले पढे लेखेकाहरुलाई दिएको सम्मान र कदरले जो कोहीको पनि मन लोभ्याउथ्यो । शिक्षित व्यक्तिहरुलाई समाजको रोल मोडलको रुपमा हेरिन्थ्यो । अहिले करिब २५ वर्ष पछि नेपाली समाजको मूल्य मान्यतामा नै परिवर्तन आई विद्यालाई भन्दा धनलाई उच्च प्राथमिकता राख्न थालिएको प्रस्टसँग देखिदैँ छ।

राणाकालिन नेपाली समाजमा विद्याको महिमा अपारम्पार रहेको राणाहरुले सर्वसाधारणको लागि शिक्षा ब्रजित गरेको तथ्यले पुष्टि गर्दछ । शिक्षामा राज्य व्यवस्था बदल्न सक्ने अद्भुत शक्ति निहित हुन्छ भन्ने तत्कालिन सरकारले बुझे कै कारण शिक्षा राणा परिवार र दरवार भित्रका आसेपासेमा मात्र सिमित पारिएको थियो । राणाकालिन राज्यव्यवस्थाको अन्त्यपश्चात सर्वसाधारणको पहुचमा शिक्षा पुग्दा यसको महत्व एकदम बढ्न पुग्यो । “विद्याधनम् सर्व धनम् प्रधानम्” संस्कृत भाषाको यो भनाईको भावसँग हरेक नेपालीले सहमत राख्दथे। बुढापाकाहरुले आफ्ना छोरा नातिहरुलाई विद्याको महिमालाई चोरले चोर्न नसक्ने,राजाले हरण गर्न नसक्ने, भाई-भाईमा अंशबण्डा गर्न नपर्ने, भारि पनि नहुने अनि जति बाढ्यो त्यति बढ्ने भन्दै विद्यार्थीहरुलाई पढ्न उत्प्रेरित गरेको यो पंक्तिकारले समेत राम्ररी महसुस गरेकै हो ।

विगतको जस्तो वर्तमानमा नेपाली समाजले विद्यालाई महत्व दिन छाडेको छ। विद्यामुखी नेपाली समाजको चरित्र यतिखेर धनमुखी बनेको सहझै महसुस गर्न सकिन्छ । फलानाले पढेर के गर्यो र ? भन्ने जस्ता आश्चर्यवाचक अभिव्यक्तिले पँढे लेखेका युवा युवतीहरु प्रति गम्भीर प्रश्न खडा गरेको छ । नपढीकन धन कमाउन सफल व्यक्तिको प्रशंसा खुबै भइरहेको पाइन्छ । धनी मान्छेको परिचायक बनेको ठुलो घर, महंगो कार, लाखौँको मोवाइल आदि जस्ता शौखिन वस्तुहरुले ज्ञानको लागि मेहनत, किताब प्रति झुकाव राख्ने विद्यार्थीहरुलाई पढाई प्रति हतोत्साहीत गरिरहेको छ ।

स्नातकोत्तर उत्तीर्ण युवतीको आधारभूत तह सम्मको अध्ययन नगरी विदेशिएको युवकसँग भईरहेको विवाहको दृष्टान्त नेपाली समाजमा कपि–किताब च्यातिएको, कलम भाँचिएको अवस्थाको बुलन्द उदाहरण हो । नेपालको वर्तमान राजनीतिले विद्यालाई मजाक र ठट्टाको रुपमा लिएको जस्तो देखिन्छ । ठुला प्रमुख दलहरुका शिर्ष तहका नेताहरुबाट बौद्दिक वर्गहरुले गरेको आलोचनाको प्रतिक्रिया स्वरूप उनीहरुलाई कहिले काही गरिएको सार्वजनिक कटाक्षले बौदिकताको वजन घटाएको छ ।

मन नपरेका पढे लेखेका विद्वानहरुलाई ज्ञान भएको बुद्धि भएको, धेरै पढेर बिग्रिएको जस्ता नकारात्मक उखान टुक्काले खिस्सी ट्युरी गर्दै उडाउन खोज्दा सोझै देशको शैक्षिक जगतमा नराम्रो असर पुगेको छ । राजनीतिलाई बौदिकिकरण गर्न राजनैतिकदलहरुले नसकेकै कारण नेपाली समाजमा पछि परेको ज्ञान विज्ञानको क्षेत्र झन्झन् पछाडी पर्दै गईरहेको छ । यहाँ उल्लेख गर्न लायक के कुरा छ भने बोलीचालीमा भन्ने गरीएको प्रथम दर्जाका विद्यार्थी विदेश पलायन (ब्रेन ड्रेन), दोस्रो दर्जाका विद्यार्थी कर्मचारी र तेस्रो दर्जाकालास्ट बेन्चर विद्यार्थी राजनीतिमा संलगन भएर देशको बागडोर चलाउन पुगेकाले कतै राजनीतिमा बौद्दिक मन्दी आएको त होइन?

विद्याप्रतिको एकदमै चिन्ताजनक आवस्था अहिले स्वयम् विद्यालयका विद्यार्थीहरुमा टड्कारो रुपमा देखिएको छ । आधारभूतदेखि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुमा पढाई प्रतिको रुची घट्दो क्रममा छ । बाह्र कलास उत्र्तीण गरे पछि विदेश गई धन कमाउने अधिकांश विद्यार्थीको मास मनोविज्ञान देखिन्छ । नयाँ नयाँ कुरा पत्ता लगाउने, चिन्तनशील हुने, नेपालमै केहि गर्ने, देशको सेवा गर्ने भावना विद्यालय स्तरका विद्यार्थीहरुमा हराउँदै जानुले राम्रो संकेत गरेको छैन ।

स्नातक तथा स्नातकोत्तर उत्तिर्ण गरिसकेका शैक्षिक बेरोजगारीको समस्याले पनि विद्यालय स्तरका विद्यार्थीहरुमा पढाई प्रति वितृष्णा जगाइरहेको छ । त्यसैगरी, नेपाली समाजको दलालिकरण अर्थात् बिना मेहनत अबैध तरिकाले आर्जन गरिने कालो धनवा भनौ “इजीमनि”को कु बाटोले माध्यमिक तथा कलेज स्तरका विद्यार्थीहरुलाई आकर्षित गरेको कारणले गर्दा पनि उनीहरुको पढाईप्रतिको चाहाना दिनानु दिन घटिरहेको छ ।

यतिबेला नेपाली समाजमा माथि उल्लेखित तथा अन्य विविधिकरणले शैक्षिक तथा बौद्धिक क्षेत्र मजबुद बन्न नसके पनि विद्या भन्दा धन महत्वपूर्ण हुनै सक्दैन। ढुंगे जंगली युग यहाँसम्म आइपुग्नुको एक मात्रकारण विद्या नै हो । मानवको आबेगात्मक क्रियाकलापलाई बिबेकशील सोच बुझ पूर्ण कदममा बदल्दै विद्याले मानव समाजलाई यहाँ सम्मपुर्याएको हो, र विद्याले नै मानव अस्थित्व स्टीफन हकिंगसले भनेको “ब्ल्याकहोल”माप्रवेश नगर्दा सम्मनिर्दृष्ट गर्ने कुरामाकुनै दुइमत छैन । मानवजीवनजिउनकालागिचाहिने हरेक कुरा विद्याले प्रदान गर्दछ। धन, स्वास्थ्य, सज्जन सन्तान, साथी, सम्बन्ध, समृद्धि, सुख, सहजता, समाधान आदि जस्ता मानवीय आवश्यकता, इच्छा र चाहानाहरुलाई विद्याले सम्बोधन गर्दछ ।

प्रश्न उठ्न सक्छ, नेपालमाशिक्षित बेरोजगारी किन भए त ? कारण हो नेपालको आवश्यकता अनुसारको शिक्षा नेपाल राज्यले प्रदानगर्न सकेन ।कम्युनिष्ट पार्टीकामहानविचारक कार्लमार्क्सले जीवन र जगतसंग मेल नखाने शिक्षालाई वुर्जुवाशिक्षाभनेका छन्। नेपालमा राणा कालिनव्यवस्था देखि गणतन्त्रको पहिलो दशकसम्मअबलम्बनभईरहेको शिक्षा साच्चै नै वुर्जुवाशिक्षाहो। यो नेपालीको व्यावहारिक जीवन र आवश्यकताअनुसारको छैन।यसले वेरोजगारलाई प्रशयदिइरहेको छ ।

नेपालमायतिखेर नेपाली माटो सुहाउदो शिक्षा प्रणाली लागू गर्न एकदम आवश्यक छ । त्यो भनेको नेपालमा रहेका त्रिभुवन, काठमाण्डौँपोखरा जस्ता विश्वविद्यालयहरुलाई कृषि, वन तथा जडिबुटी, हाइड्रो, बिज्ञान तथा प्रबिधि जस्ता विश्वविद्यालयमा रुपान्तरण गर्न सकेमा रोजगार खोज्ने होइन, रोजगार सिर्जना गर्ने मानव स्रोतको उत्पादन हुने कुरामा संशय छैन। स्वस्थ व्यक्ति र समाजको लागि विद्या नभई नहुने एक महत्वपुर्ण कुरा हो।

शिक्षाले सहि निर्णय गर्न सक्ने क्षमता प्रदान गर्दछ । हरेक प्रकारको जटिलताहरुसँग जुध्न सक्ने अद्भुत शक्ति प्रदान गर्ने हुँदा जीवनलाई सरल र सहज बनाउँदछ । पारिवारिक तथा सामाजिक समन्धमा सधै गाढापन ल्याउदछ । शिक्षित व्यक्ति हानिकारक ठाँउमा न त जान्छ न त हानिकारक कुराको सेवन नै गर्दछ ।परिवारका सदस्यहरु निरोगी हुने बढी सम्भावना हुने हुँदा उपचार खर्चमा कमि आई एकातिर धन बृद्धि हुन जान्छ भने अर्को तिर पारिवारिक शुख शान्ति, अमन चयन, सन्तोष, समृद्दी प्राप्त हुन्छ । परिणामतः एक शिक्षित व्यक्तिले स्वस्थ परिवारको निर्माण गर्दै स्वस्थ समाजको नेतृत्व गर्न सक्दछ ।

स्वास्थ्य नै धन हो भन्ने कथन सर्वत्र स्वीकार गरिएको पाइन्छ । तर, स्वस्थ कसरि रहने भन्ने कुरामा खासै ध्यान दिईएको पाइदैन। सतही रुपमा स्वस्थ जीवनका लागि अस्पताल भनिएता पनि गहिरिएर हेर्दा विद्यालय रहने सत्य थाहा पाउनु आवश्यक छ । स्वास्थ्य सोझै शिक्षासँग जोडिएका हुन्छ, अर्थात् स्वस्थ रहनका लागि शिक्षाअपरिहार्य हुन्छ । अन्र्तराष्ट्रिय रुपमै चर्चित लेखक डेवोरा म्याकेन्जीको भर्खरै प्रकाशित एक पुस्तकको अस्पतालमा भन्दा स्कुल मागरिएको लगानीले समाजलाई बढी स्वस्थ बनाउदछ भन्ने निष्कर्षले सर्बत्र ध्यान केन्द्रित गरेको छ । शिक्षित व्यक्ति धेरै बाच्नुको साथ साथै उसका सन्तानहरु पनि धेरै बाच्ने जेनेभामा भएको एक अध्ययनले ठहर गरेको छ । यी माथि उल्लेखित सन्दर्भहरु स्वास्थ्य सोझै शिक्षासँग जोडिने कुराका प्रमाण हुन्।

विद्या सर्वशक्तिमान हुँदाहुँदै पनि सहि तरिकाले नेपालको राजनीति तथा नेपाली समाजले चिन्न नसक्नु हाम्रो दुर्भाग्य हो । चुनावमा शिक्षितलाई मतलबै नगरी धनीलाई मतदिने हाम्रो मानसिक संरचना बेठिक छ । मतदानगर्दा सरकार चलाउनशिक्षा चाहिन्छ भन्ने हेक्कागर्दौनौ, अनि पछि कुर्लन्छौं । विद्वानभन्दाधनवानज्वाई खोज्ने हाम्रो मनोविज्ञानभित्र दरिद्रता भेटिदैन र ? भविष्यको दिर्घकालिन सुखलाई मतलब नगर्ने वर्तमानको क्षणिक सम्पतिलाई महत्वदिने हाम्रो समाजको कुरूप मनोविज्ञानको समयमै सल्यक्रिया हुन सकेन भने उपचार गर्न नसकिने जटिल क्यान्सरमा बदलिन सक्दछ । बिकसित रास्ट्रहरुले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरिरहेको दृष्टान्तबाट नेपाली राजनीतिले पाठ सिक्नु जरुरी छ ।

हालको शैक्षिक प्रणालीमा सुधार ल्याई शिक्षालाई व्यावहारिक यथार्थतासंग जोड्नु नेपालको आवश्यकताहो। शिक्षालाई रोजगार तथाजीविकोपार्जनमुखीबनाइनु पर्दछ। विद्या नै रास्ट्रको मेरुदण्ड हो, रास्ट्रिय चिनारी हो, विकास र समृद्दिको मूलतथा स्वस्थ जीवनको कडी हो। छोटकरीमा भन्दा विद्या सब थोक हो। विद्या शरीर अभिन्न अंग भएको हुँदा यी दुई बिचको तुलना नै गलत छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।