ताजा अपडेट »

गुल्मीमा विद्युतीय राहदानीको माग अत्याधिक

शुक्रबार, १८ चैत्र २०७८, १७ : १२
4 Shares

गुल्मी । वैदेशिक यात्राका लागि यसअघि मेशिन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कार्यान्वयनमा ल्याएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन थालेपनि सेवाग्रहीले चाहेको बेला सेवा लिन नपाउदा समस्या हुँदै जान थालेको छ ।

माग अनुसार सेवा नपाउदा सेवाग्रही समस्यामा परेका छन् । गुल्मी जिल्लासँगै देशभर सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन सुरु भएको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरेपछि ९ई–पासपोर्ट० सेवा दिन थालेको हो । तर यो सेवा सेवाग्रहीको माग अनुशार चाहेजति दिन नसक्दा सेवाग्रहीले शास्ती खेप्दै आएका छन् ।

फारम भर्न अनलाइन सिस्टममा सधै नखोल्ने गरेकाले सेवाग्रहीले समस्या भोग्नु परेको सेवाग्रही जीवन ज्ञवालीले बताए । उनले शुक्रवार मात्रै फारम खोल्नु पर्ने भएकाले समस्यामा परेको उनले बताए विकसित मुलुकहरुले विद्युतीय राहदानी ९ई–पासपोर्ट० प्रयोग गर्नथालेपछि नेपाले पनि नयाँ पासपोर्ट दिन सुरु गरेको हो । अहिले जिल्ला प्रशासन कार्यालय गुल्मीले अहिले सिमित संख्यामा मात्रै राहदानी दिन थालेको छ ।

जसले गर्दा सेवाग्रहीले हैरानी खेप्नु परेको छ । प्रशासनमा तीनवटा डेक्स राखेर विद्युतीय राहदानी ९ई–पासपोर्ट० सेवा दिन सेवा दिन थालिएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) माग अत्यन्तै धेरै भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए । काठमाडौंबाट पनि सेवा लिन गाहे भयो भनेर प्रिन्डोलमेन नगरी यहाँ आएर वस्ने गरेको पौडेलले बताए ।

जिल्लबनेको राहदानीको ५० प्रतिशत प्रयोग हुनेहो भने जिल्लाको जनसंख्या शुन्य हुने बताए । काठमाडौंबाट पनि राहदानी लिन जिल्लामा आउने गरेकाले चाप वढेको छ । पहिला ल्यावहरुमा, फोटो स्टुडियो, बाहिर गर्ने काम अहिले सबै भित्र गर्नुपर्ने हुन्छ । दिनमा एउटा डेक्सबाट दैनिक३०/४० वटा सम्म काम गर्न सकिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

अन्य जिल्लाको तुलनामा यस जिल्लामा सहज रुपमा काम भएको बताए । विद्युतीय राहदानी (ई–पासपोर्ट) लिन सेवाग्रही आउने गरेकाले प्रशासनका कर्मचारीको तर्फबाट सेवा नरोकिए पनि प्रबिधिका कारणले कहेलेकाही समस्या आउने गरेको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) लिन सुरुमा आफैलो वा साइबरबाट फम भरेर तोकेको दिन फम लिएर जानुपर्ने हुन्छ ।

तर सुरुकै फारम भर्न नपाउदा कैयौं नागरिक सेवा लिनबाट बञ्चित छन् । प्रशासन कार्यालयको राहदानी फाँटमा गइसकेपछि तिन चरणमा काम पुरा गरेपछि मात्रै विद्युतीय राहदानी (ई–पासपोर्ट) तयार हुन्छ । जसका लागि प्रशासनमा सुरुमा फारम भेरिफाई गरेपछि राजश्व बुझाउनु पर्ने हुन्छ । त्यसपछि सोहि शाखामा रहेको दोस्रो स्टेशनमा फोटो खिचाएर थप भेरिफाइ भएपछि अर्को स्टेशनमा जाने गर्दछ ।

अन्तिम चरणमा रहेको स्टेशनबाट प्रमाणीत गरेपछि विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रिन्टका लागि राहदानी बिभागमा जान्छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा लिन सक्कल नागरिता, शैक्षिक प्रमाणपत्र, बसाइसराइँको हकमा प्रमाणपत्र, बिह गरेको खण्डमा बिवाह दर्ताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिनथालेसँगै ६ सय वढिको राहदानी बनेको प्रशासले जनाएको छ । अब राहदानी लिन लामो समय लाइनमा बस्न पनि नपर्ने भएको छ । अनलाईनबाटै फारम दर्ता गरेपछि राहदानी लिन कहिले प्रशासनमा सम्पर्क गर्ने भन्ने दिन पनि फारम भरेपछि तोकिदिने भएकाले त्यो दिन मात्रै प्रशासनमा जान सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।