ताजा अपडेट »

तिलोत्तमाको एक मदिरा पसल र किराना पसलमा आगलागी

शुक्रबार, १८ चैत्र २०७८, १७ : ०५
4 Shares

बुटवल । तिलोत्तमाको एक मदिरा पसल र किराना पसलमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिको योगीकुटीमा रहेका मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड सटरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

एउटै घरको दुई स्टरमा रहेका ती जनरल स्टोर र कोल्ड स्टोरमा आगलागी भएको हो । आगो अहिले पूर्ण नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । आगलागीबाट पसलमा रहेका सामान जलेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।