ताजा अपडेट »

१७ वर्षीया किशोरी बलात्कृत

शुक्रबार, १८ चैत्र २०७८, १६ : १४
20 Shares

तनहुँ । तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भानु नगरपालिका–३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २१ वर्षीय सनिल मगर रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

मगरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।