ताजा अपडेट »

पूर्वप्रधानमन्त्री डा.भट्टराई चैत २१ गते रुपन्देही आउँदै

शुक्रबार, १८ चैत्र २०७८, १४ : १७
10 Shares

बुटवल । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई रुपन्देही आउने भएका छन् । पार्टी प्रवेश तथा विशाल आमसभालाई सम्बोधन गर्न लागि जनता समाजवादीका संघीय परिषद् अध्यक्ष समेत रहेको भट्टराई चैत्र २१ गते रुपन्देही आउन लागेका हुन् ।

विभिन्न पार्टीका नेता कार्यकर्तालाई जसपामा प्रवेश गराउन पूर्वप्रधानमन्त्री भट्टराई रुपन्देही आउने कार्यक्रम तय भएको जसपाका युवा नेता विमल गिरीले बताए ।

पूर्व मन्त्री तथा जसपाका नेता मोहम्मद ईस्तियाक राई पनि भट्टराईसँगै आउने कार्यक्रम आउने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।