ताजा अपडेट »

२७औं जनयुद्ध दिवस : खै त क्षति र प्राप्तिको समीक्षा ?

आइतबार, ०१ फागुन २०७८, १७ : ०८
54 Shares

नेपालको इतिहासको पछिल्लो शसक्त र लामो जनयुद्धका २७ वर्ष पूरा भएका छन् । वि.सं.२०५२ साल फागुनमा सुरु भई वि.सं.२०६३ सा स्थगित भएको १० वर्षे जनयुद्ध पश्चात शान्ति सम्झौताका पनि १७ वर्ष पूरा भएका छन् । नेपाल कम्यूनिष्ट पार्टी माओवादीले तत्कालिन समयमा राज्यसत्ता विरुद्ध विरोध सुरु गरेसँगै निरन्तर १० वर्षसम्म चलेको विद्रोह इतिहासमा अविष्मरणीय रहने छ। वर्षहरु बित्दै जाँदा लामो र शसस्त्र युद्ध अवधी र पश्चातका परीणामहरु भने चासो र चिन्तामा भने कमी आएको छ । १७ हजार बढीको ज्यान गएको थियो ।

सिंगो मुलुक १० वर्षसम्म युद्धग्रस्त भइरहँदा ज्यान गुमाउनेको मात्रै तथ्यांक रहेको छ । र,सोही तथ्यांकलाई मात्रै केन्द्रमा राखेर विभिन्न व्याख्या अपव्याख्या गरिँदै आएको छ । सो अवधीमा भएका अन्य भौतिक क्षति र असरबारे न त कुनै तथ्यांक छ न त त्यसको परिपूर्तिको लागि अतिरिक्त योजना । अर्कोतर्फ १७ हजार मृतकका परिवार बारे ,सो अवधीमा सम्पर्कविहिन भएका र विदेशिएकाहरुको पनि लेखा जोखा छैन । मुख्यतया पूँजीवादको अन्त्य र सामजवादको सुरुवातलाई प्राथमिकता तथा नारा बनाई पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा चलेको जनयुद्धले २७ वर्षमा के कस्तो असर तथा प्रभाव पार्यो भन्ने समीक्षा समेत भएको छैन ।

१० वर्षे जनयुद्ध वृहत र महत्वपूर्ण इतिहास यसको अवधीसँगै प्राप्तिको मूल्यांकनका लागि धेरै समय लाग्ने छ । इतिहासका घटनाको लामो समयसम्म रहने गर्दछ । नेपालको ऐतिहासिक जनयुद्धको अन्त्यको समय भने विश्लेषण गर्नुपर्ने समय आएको छ । अभूतपूर्व गृहयुद्ध साम्य भएको १७ वर्ष पुग्दापनि सो घटनाको क्षति र त्यसपश्चात् प्राप्त उपलब्धीहरु बारे तुलना र विषलेषणतर्फ नालग्नु ऐतिहासिक घटनाप्रति उदारता हो ।

औपचारिक रुपमा २७औं दिवस मनाइ रहँदा सो को सुरुवात,अवधी र पश्चात बारे समीक्षा नहुनुले इतिहास र प्राप्तिको भन्दा पनि केवल औपचारिकतामा महत्व दिएको देखिन्छ । कुनै एक दलले केहि एजेण्डा राखेर सुरु गरेको जनयुद्धले सिङ्गो मुलुकलाई प्रभाव पारेको थियो र त्यसको असर र प्राप्ति पनि मुलुकसँगै जोडिएको छ । शान्ति सम्झौतसँगै राजनीतिक धारमा प्रवेश गरेको सो दलले ती एजेण्डा स्थापित गर्न कस्तो भूमिका निर्वाह गर्यो,जनयुद्धको साझा सवाल र प्राप्ति वास्तवमै साझा बने त ? के पूर्व एजेण्डा र लक्षित वर्गहरुप्रतिका प्राथमिकता कार्यान्वयनमा आएका छन् त ? आदि प्रश्नका बारे समीक्षा गर्नु पर्दैन ?

माओवादी जनयुद्ध उत्पीडित वर्ग, क्षेत्र र पिछडिएका समुदायको दुःखलाई सम्बोधन गर्दै उनीहरुलाई उकास्ने उद्देश्यसहित सुरु भएको थियो । हालको लुम्बिनी प्रदेशकै जिल्ला रोल्पाबाट सुरु भएको जनयुद्धका नाइके सिंह दरबारमा पुगिसकेका छन् । त्योपनि नेतृत्वमा पटक–पटक पुगिसकेको छ । हल पनि माओवादी दल सत्तामा रहेको छ । पहिचानको राजनीति र अधिकारबाट यात्रा तय गरेको माओवादीले ती वर्गको पहिचानमा के कस्तो भूमिका निर्वाह गर्यो ? प्रायः भाषणमा पूँजीवादको अन्त्य र समाजवादको स्थापना दोहोर्याउने दलले य विषयमा कति सफलता प्राप्त गर्यो ! सर्वहाराका नेताहरु कति सर्वहारा छन् लगाएतका विषयहरु पनि गौण छन् ।

समाजवाद र सर्वहाराको जगमा टेकेर सुरुवात गरिएको १० वर्षे जनुद्धका २७ वर्ष पूरा भएका छन् । जनयुद्ध अवधीका क्षति र जनयुद्धपश्चात प्राप्त उपलब्धी बारे विस्तृत छलफल र विषलेषण भने गरेको पाइँदैन । औपचारिक रुपमा दिवस मनाइरहँदा कार्यान्वयन र व्यवहारिक रुपमा कति प्रभावकारी भए त ! यद्यपी जनयुद्ध पश्चात मुलुकमा केहि उपलब्धी भएका छन् । तर,संस्थागत हुन सकेका छैनन् । जनयुद्ध पछिका परिवर्तनलाई माओवादीले आफ्ना उपलब्धी ठान्दै आएको छ । मुलुक संघीय गणतन्त्रमा जानुमा पनि जनयुद्धकै भूमिका ठान्ने नेतृत्वले युद्धकालमा आफूले गरेका क्षति र वाचाका बारे पनि समीक्षा गरेको पाइँदैन । सकारात्मक उपलब्धीको जस लिइँरहँदा सो दौरान भएका कमीकमजोरी सुधार्ने र प्रतिवद्धता पूरा गर्नेतर्फ पनि जोड दिनुपर्ने होइन र ?

संघीयता पश्चातको पहिलो आम निर्वाचनमा पहिलो राजनीतिक शक्ति बनेको जनयुद्धको माउ पार्टीले जनताप्रति विश्वास कायम राख्दै शसक्त बन्न सकेन । तर, निरन्तर सत्तामा रहँदै आएको दलले पछिल्लो समय जनउत्तरदायित्य पूरा गर्न नसक्ने दलका रुपमा खस्किँदै गएको छ । जनयुद्ध सुरुवात गर्ने दल भएतापनि सो युद्ध साझा बन्दै उत्कर्षमा पुगेको थियो । अन्ततःशान्ति प्रक्रिया र समझौताबाट मूल राजीतिक धारमा प्रवेश गर्दै डेढ दशक बिताएको दलले पुनः ५२ अघि र पश्चात्लाई स्मरण गर्दै सशस्त्र जनयुद्धको उद्देश्य र प्राप्तिका लागि सार्थक प्रयास र कार्यान्वयन गर्न आवश्यक छ । साथै मुलुकले अब कुनैपनि युद्ध,विद्रोहको भन्दा पनि पूर्ण शान्ति र समृद्धिको यात्रामा अघि बढ्न आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।