ताजा अपडेट »

रुपन्देहीमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा १ जनाको मृत्यु, २ जना घाइते

मंगलबार, २५ माघ २०७८, १२ : ३४
4 Shares

बुटवल । रुपन्देहीको शुद्धोधनमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

शुद्धोधन गाउँपालिका–१ बेलवास्थित सडकमा सोमबार राति लु७३ प ७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलमा सवार शुद्धोधन गाउँपालिका–१ बेलवाका ३५ वर्षीय कृष्ण मुरारी लोध रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका लोधको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । यस्तै दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।