ताजा अपडेट »

लुम्बिनीको दाङमा 'प्रहरी सई' बनेर लुटपाट गर्ने एक युवा पक्राउ

विहीबार, २० माघ २०७८, १८ : ४६
4 Shares

दाङ । प्रहरीको सई हु भनी लुटपाट गर्ने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ करजाई बस्ने २५ वर्षीय छ्याक्ले भन्ने अनिल पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमबार राती करिब १० बजेतिर मार्सल पुनमगर र सन्तोष खड्कालाई रा ४ प ६३३० नम्बरको मोटरसाइकलमा आएका पुन र अर्का उनीका साथीले प्रहरीको सई भन्दै उनीहरूको साथमा रहेको २ वटा मोबाइल र नगद ४ हजार लुटपाट गरी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पुनमगर र खड्का कोठामा सुत्न भनी जाँदै गरेको अवस्थामा घोराही १५ भरतपुर आर्मी ब्यारेक नजिक सडकमा आफूहरू प्रहरीको सई भन्दै अपशब्द र हातपात गरी जबरजस्ती लुटपाट गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरी खोजतलास गर्ने क्रममा शंकास्पद अवस्थामा पुनलाई फेला पारी खानतलासी गर्ने क्रममा उनको साथबाट लुटी लिएको मोबाइल फेला परेको थियो ।

उनले आफू प्रहरीको सई हो, भनी लुटपाट गरेको स्वीकार गरेकोले उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।