ताजा अपडेट »

‘रानी’ बन्ने षड्यन्त्र गरेको भन्दै थाइल्यान्डका राजाले सहयोगी हटाए

मंगलबार, ०५ कार्तिक २०७६, ०९ : ०४
6 Shares

कार्तिक ५,

थाइल्यान्ड । थाइल्यान्डका राजा वाजिरा लोङगकोर्नले एक राजसहचारीको ‘शाही’ पदवी फिर्ता लिएका छन्। उनलाई ‘राजकाजमा षड्यन्त्र’ गरेको आरोप लगाइएको छ। राजपत्रमा जारी एक सूचनामा घोषणा गरिएअनुसार सिनिनात वोङ बजिरापाकले आफूलाई आफैंले ‘रानी समान’ को ओहदा कायम गरेको आरोप लगाइएको छ। राजपत्रमा भनिएको छ ‘उनको महत्वाकांक्षाले सम्राटको अपमान भएको ठानिएको छ।’

राजा वाजिराले गत मे महिनामा चौथी श्रीमती सुथिदासँग बिहे गरेपछि सिनिनात राजपरिवारको एकदमै निकट भएकी थिइन्। ४१ वर्षीय रानी सुथिदा राजाको बडिगार्ड युनिटमा उपप्रमुखका रूपमा कार्यरत थिइन्। उनी एक पाइलट र नर्स पनि हुन्। राजाको यो चौथो विवाहपछि सिनिनात राजपरिवारको निकै करिब थिइन्। राजा-रानी उपस्थित हुने हरेकजसो कार्यक्रममा उनको उपस्थिति हुन्थ्यो। राजपत्रमा प्रकाशित जानकारीअनुसार राज्याभिषेकभन्दा पहिलादेखि नै सिनिनातले ‘रानीको नियुक्ति प्रक्रियामा अवरोध गरेको’ बताइएको छ।

त्यसमा भनिएको छ ‘उनी न त आफूलाई प्राप्त पदमा सन्तुष्ट थिइन् न उनको व्यवहार उनको पद सुहाउँदो थियो।’ राजाले उनको सबै शाही पदवी, सम्मान, सुरक्षाकर्मीलगायत सबै सेवासुविधा र पद फिर्ता लिएका छन्। सिनिनात मेजर जनरल पनि हुन्। उनी एक प्रशिक्षित पाइलट तथा नर्ससमेत हुन्। अब चाँडै नै ‘रोयल नोबेल कन्सोर्ट’ को पदवी पाउने एकदमै बलियो दाबेदार पनि थिइन्। -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।