ताजा अपडेट »

चीनमा पनि देखियो ओमिक्रोन

मंगलबार, २८ मंसिर २०७८, १३ : ११
6 Shares

बेइजिङ ।  चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो । 

यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँकाे एक स्थानीय पत्रिकाले जनाएकाे छ ।  संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको छ । 

पछिल्लो पटक तियानजिन सहरमा कोभिड संक्रमितको उलेख्य संख्यामा बृद्धि भएकाे छ । मंगलबार मात्र तियानजिनमा ३७ जनामा कोभिड देखिएको थियो । यो सँगै साे सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४४ पुगेको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।