ताजा अपडेट »

विज्ञानमा महिला पुरस्कारको आवेदन खुला

मंगलबार, १५ माघ २०७५, १७ : २५


माघ १५,

काठमाडौँ । विज्ञानका क्षेत्रमा महिलालाई प्रोत्साहन दिन स्थापना गरिएको ‘नासो विज्ञानमा महिला पुरस्कार’को यस वर्षको आवेदन खुल्ला गरिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । इच्छुक व्यक्तिले आगामी फागुन १५ गतेसम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले  बताए ।

पुरस्कार दुई विधामा प्रदान गरिनेछ । व्यावसायिकतर्फ  २५ हजार, प्रमाणपत्र तथा ट्रफी दिइनेछ । विद्यार्थीतर्फ  १५ हजार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने जनाइएको छ । पुरस्कार सन् २०१७ मा विद्यार्थीतर्फ दिव्या घिमिरे र व्यावसायिकतर्फ प्रणिता कार्कीलाई प्रदान गरिएको थियो । सन् २०१८ मा विद्यार्थी श्रीति श्रेष्ठ र व्यावसायिकमा प्रोमिशा मिश्रलाई दिइएको सोसाइटीले जनाएको छ । सन् २०१७ देखि पुरस्कार दिन शुरु गरिएको हो । सोसाइटीले खगोल र भौतिक विज्ञानका क्षेत्रमा काम गर्दै आएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।