ताजा अपडेट »

राष्ट्रपति बहसअघि काेभिड भएकाे थियाे ट्रम्पलाई

विहीबार, १६ मंसिर २०७८, १४ : १८
10 Shares

न्युयाेर्क । गत वर्ष राष्ट्रपतिकाे निर्वाचनअघि अ‌ायाेजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पलाई काेभिड भएकाे खुलासा भएकाे छ । अ‌ाफ्ना प्रतिद्धन्द्धी जाेन बाइडेनसँगकाे बहसमा ट्रम्पलाई काेभिड भएकाे उनका तत्कालिन चीफ अफ स्टाफ मार्क  मिडाेजले लेखेकाे पुस्तकमा उल्लेख छ । 

मिडाेजकाे संस्मरणात्मक पुस्तक द चिफ्स चिफमा उल्लेख भएअनुसार ट्रम्पमा गंम्भीर लक्षण देखिएकाे थियाे । केही दिनपछि परीक्षण गर्दा उनकाे नेगेटिभ रिपाेर्ट देखिएकाे थियाे ।  २६ सेप्टेम्बरमा पेन्सेल्भेनियामा आयाेजित एउटा चुनावी ह्ययालीमा जाने क्रममा ट्रम्पलाई काेभिड देखिएकाे थियाे । निकाे भएपछि २ अक्टाेबरमा ट्रम्पले आफू र पत्नि मेलानियालाई काेभिड भएकाे ट्विटमार्फत जानाकारी दिएका थिए ।

आफूले सजिलै काेभिड जितेकाे उनले दाबी गरेका थिए । तर, नेगेटिभ रिपाेर्टका बाबजुद उनलाई निकै असजिलाे महशुस भएकाे थियाे । काेभिड भएपछि उनलाई भाेलिपल्ट नेसनल मिल्ट्री मेडिकल अस्पतालमा भर्ना गरिएकाे थियाे । दाेस्राे परीक्षण गरिएकाे तीन दिनपछि बाइडेनसँगकाे बहस भएकाे थियाे ।-एजेन्सी 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।