ताजा अपडेट »

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी

शनिबार, ११ मंसिर २०७८, १९ : १२
8 Shares

गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले पार्टी भित्र हुने वार्डदेखि केन्द्रसम्मको निर्वाचनले ठूलो द्वन्द्व जन्माउने बताएका छन् । शनिवार नेपाली कांग्रेस गुल्मीको आठौं अधिवेशनमा जिल्ला सभापति पदका लागि मतदान प्रक्रियामा सहभागिता जनाउँदै भण्डारीले यसको व्यवस्थापनको निम्ति नयाँ अनुसन्धानको आवश्यकता रहेको बताए ।

उनले पार्टी भित्र निर्वाचन सहित अरु प्रक्रिया पनि अवलम्वन गर्नुपर्नेमा जोड दिए । राजनीतिक प्रजातन्त्रिक प्रणालीमा महत्वपूर्ण अंग निर्वाचनले भएको बताएका छन् । पार्टीको निर्वाचनमा उठ्ने पराजय भए कसैले हरायो भन्ने जिताए कसैले जितायो भन्ने परिपाटी पार्टी भित्र रहेको बताए ।

उनले पजातान्त्रिक मान्छेले पराजयलाई पनि स्वीकार गर्न सक्नु पर्ने र जीतलाई पनि स्वीकार गर्न सक्नुपर्नेमा जोड दिए । ठूलो दिल भएका मात्रै निर्वाचनमा सहभागि भएर अगाडी लैजानु पर्ने बताए । समस्त नेपालमा यसको अभाव रहेको बताए । नयाँ युवाहरुले २१ औं सताब्दीलाई कस्तो प्रक्रियाले अगाडि लैजाने भन्ने कुरा सोच्नुपर्ने जोड दिए । उनले गुल्मीबाट धेरै कुरा पाठ सिकेको बताए । धेरै उम्मेदवार बन्न राम्रो पक्ष रहेपनि एकआपसमा द्धन्दमा जान नहुने बताए ।

नेपाली कांग्रेस गुल्मी जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शुक्रवारबाट सुरु भएको आठौं जिल्ला अबिधेशनमा सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर बिच प्रतिस्पर्धा भएको हो । जिल्ला सदरमुकाम तम्घासमा शनिवार बिहानबाट मतदान प्रक्रिया सुरु भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।