ताजा अपडेट »

स्वर्गीय बस्यालको शोकमा बुटवल उपमहानगर र मातहतका सबै वडामा बिदा

मंगलबार, ०७ मंसिर २०७८, ११ : ४७
4 Shares

बुटवल । बुटवल उप-महानगरपालिकाले जनप्रतिनिधिको निधनमा शोक बिदा दिने भएको छ । उपमहानगरको ३ नम्बर वडा अध्यक्ष लालप्रसाद बस्यालको निधनमा उपमहानगरका सम्पूर्ण सेवाहरु आज (मंगलबार) एक दिनका लागि बन्द गरिएको हो ।

उपमहानगरसहित सबै वडाहरुमा अत्यावश्यक बाहेका सम्पूर्ण सेवा बन्द गरिने एक सूचना प्रकाशित गरी जानकारी गराइएको छ । बुटवल क्षेत्रका पाका कम्युनिष्ट कार्यकर्ता तथा स्थानीय तहमा वडा नम्बर ३ बाट निर्वाचित अध्यक्ष बस्यालको सोमबार आफ्नै घरको शौचायमा लडेर मृत्यु भएको थियो ।

७३ वर्षिय वडा अध्यक्ष बस्यालको निधनको शोकमा उपमहानगरमा मंगलबार बिहान शोक सभा राखिएको थियो । शोकसभामा उपमहानगरका प्रमुख शिवराज सुबेदी, उप प्रमुख गोमादेबी आचार्य लगायतले स्वर्गीय बस्यालको तस्विरमा माल्यार्पण गर्दै श्रद्धान्जली अर्पण गरे । सो अवसरमा बोल्दै उपमहानगर प्रमुख सुबेदीले समन्यायिक र समनतामुलक समाज बनाउने बस्यालको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।